‘एके – ४७’ भन्दा घातक राइफल ‘एके–५२१’



मस्को (एजेन्सी)

रुसको एके – ४७ बनाउने कम्पनी कलास्निकोव कन्सर्नले यो भन्दा घातक एके – ५२१ विकसित गरेको छ । यो राइफलमा ७,६२x३९ र ५,५६x४५ को राउन्ड्सको प्रयोग हुनेछ । एके – ५२१ आफ्नो सिरिजका पहिलेका राइफलको तुलनामा धेरै घातक हुने छ । यो राइफलको मर्मत पनि धेरै कम मात्र हुनेछ जसले दुर्गम इलाकामा पनि सैनिक यसको सहज प्रयोग गर्न पाउनेछ । उक्त रुसी कम्पनीले यो राइफलको पनि निर्यात संस्करण छिट्टै तयार गर्नेछ जसलाई विदेशी मित्र देश समक्ष प्रस्तुत गरिने बताइएको छ ।

एके – ५२१ मा अप्टिक्स बाइडिंग र बेरलबीच एक बलिया धातुको प्रयोग गरिएको रसियन वियोन्डमा प्रकासित समाचारमा उल्लेख गरिएको छ । जसमा अपरेसन वा मर्मतसंभारका बेला कहिल्यै पनि चिरा पर्ने छैन । धेरैजसो राइफलमा धेरै प्रयागका क्रममा अप्टिक्स बाइडिंग र बेरलबीच चिरा आउने गरेको गुणासो हुने गरेको छ ।

५०० सिरिजका सबै अन्य राइफल जस्तै यसमा पनि अपर र लोवर रिसिवर लगाइएको छ । यस राइफलमा धेरै भार पर्ने सबै पार्टसलाई धातुले बनाइएको छ । राइफलको म्यागेजिनको अगाडीको होल्डिंग पोइन्ट्समा पोलिमरको प्रयोग गरिएको छ । यसले राइफललाई धेरै बलियो बनाउँछ र पोलिमरको प्रयोगले यो कम वजनको पनि हुने बताईएको छ ।

एके – ५२१ को बेरल पहिलेका राइफलको तुलनामा धेरै बलियो छ । यसको रेन्ज ८ सय मीटर सम्म हुने अपेक्षा गरिएको छ । यद्यपी कम्पनीले अहिलेसम्म आधिकारिक रुपमा राइफलको रेन्जलाई लिएर खुलासा गरेको छैन । वजनमा अपेक्षाकृत हल्का हुनुका कारण यो राइफल भविष्यमा युद्धक्षेत्रमा लड्ने सैनिकहरुको पहिलो चयन बन्न सक्ने विशेषज्ञहरुले दावी गरेका छन् । मर्मतसंभार पनि कम हुने भएकोले कुनै पनि मौसममा यसको प्रयोग गर्न सकिने बताइएको छ ।

अमेरिकाको एम–४ र एचके ४१६ को जस्तै इन्जिनियरहरुले एके – ५२१ मा कयौं फाइरिंग मोड दिइएको छ । जसको मद्दतले यसबाट फायर गर्ने प्रयोगकर्ताले आवश्यकता अनुसार अर्धस्वचालित वा स्वचालित रेन्जको सेलेक्ट गरी फायरिंग गर्न सक्छ । अटोमेटिक रेन्जमा ब्रस्ट फायरिंग पनि गर्न सकिने छ । जसमा एक मिनेटमा कम्तिमा १ हजार गोली प्रहार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्