लुम्बिनी प्रदेश सरकारको तामझामका साथ माघी मिलन कार्यक्रम, २३ प्रकारका खाना खुवाईयो



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारले तामझांमका साथ माघी मिलन कार्यक्रम मनाएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा, प्रदेश प्रमुख धर्मनाथ यादब प्रमुख आतिथ्यतामा ,माननीय संस्कृति,पर्यटन उड्डयन मन्त्री भानुभक्त ढकाल सभामुख पुर्ण बहादुर घर्ती आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसि भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी कृषि,सहकारी तथा भुमि ब्यवस्थापन मन्त्री आरती पौडेल सामाजिक विकास मन्त्री सुदर्शन बराल उपसभामुख कृष्णी थारुको उपस्थितीमा रमाईलो गरि माघी मिलन कार्यक्रम गरिएको छ ।

प्रदेशमा थारुहरुको महान पर्व माघीलाई मध्यनजर गरि प्रदेश सरकारले २ दिन सार्वजनिक विदा दिदै आएको छ । प्रदेशका अन्य समुदायको विशेष पर्वमा भने प्रदेश सरकारले विदा दिने त कुरै छाडौ शुभकामना सन्देश पनि आउदैन ।
प्रदेश सरकारले बुधवार आयोजना गरेको माघी मिलन समारोहमा विभिन्न २३ प्रकारका खाना खुवाईएको थियो ।

समारोहमा नेकपा प्रचण्ड नेपाल समुहका कुनैपनि नेता तथा कार्यकर्ताको सहभागिता नहुनुले बहिकार गरे सरह देखिएको थियो । कोरोना कहरले थल्लीएको मुलुकमा प्रदेश सरकारले माघी पर्वको रुपमा जमघट गरेर भोज खुवाउनु कती जायज कती नाजयज हो सोचनिय विषय बनेको छ ।

मुलुक संघियतामा गएको समयमा प्रदेशका मुख्यमन्त्रीले राजसी हिसावले कोरोनाको कहरमा भोज भतेरको आयोजना गर्न सुहाउछकी सुहाउदैन ? कार्यक्रममा रमाईलो नाचगांन र संस्कृति झलकने झाकी पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्