अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते



अर्घाखाँची।

अर्घाखाँचीमा बस दुर्घटना आज भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् ।

शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्बरको बस शितगंगा १४ सिमलपानीको छन्त्यालरुख भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्