छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका ४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको अभियोगमा एक जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ वर्षीय रामकृष्ण तामाङ रहेका छन् । घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान गर्नेक्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेकी  हत्या गरेको  प्रहरीले जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्