नेपाल एसबिआई बैंकको २७औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं ।  नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको २७औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको ।

नेपाल एसबीआई बैंकले शेयरधनीहरूलाई चुक्ता पुँजीको ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण पारित गरेको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मंगलबार सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभामा ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश पारित गरिएको हो ।

सभाले बैंकको आव ०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक विवरणलगायत पारित गर्‍यो । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आव ०७६/७७ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

साधारणसभाले आव ०७७/७८ मा बैंकको लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने-गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्