उद्यमी महिला संघ भक्तपुरमा नयाँ नेतृत्व चयन



भक्तपुर ।

नेपाल उद्यमी महिला संघ भक्तपुरको नयाँ नेतृत्व चयन भएको छ ।संघको भेलाले अन्जना बासुकलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा गंगा लक्ष्मी अवाल,सचिवमा शर्मिला शिल्पकार,सह सचिव मन्दिरा सिलाकर,कोषाध्यक्षमा सबिका त्वायनाबासु र सह कोषाध्यक्षमा मिनु झाङ चयन हुन भएको छ ।संघका सदस्यहरुमा लक्ष्मी रञ्जित, चित्रा किसी, चन्द्र लक्ष्मी प्रजापति,निशा शिल्पकार, राम केशरी गोरा, सृष्टि प्रजापति र लीला रिजाल रहनु भएको छ ।

संघको नयाँ नेतृत्वले महिलाहरुलाई उद्यम तर्फ आकर्षित गर्दै र संगठित गर्दै उद्यमशीलताको बिकास र महिला सीप र सशक्तिकरणका लागि थप काम गर्ने उपाध्यक्षमा गंगा लक्ष्मी अवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्