कप्तान कोहली र अनुष्का शर्मालाई पुत्रीलाभ



एजेन्सी । बलिउड अभिनेत्री अनुश्का शर्मा तथा क्रिकेटर विराट कोहली मातापिता बनेका छन्। अनुश्काले सोमबार मुम्बईस्थित ब्रिच केडी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। आफ्नो सन्तानको जन्म भएको जानकारी विराटले इन्स्टाग्राममार्फत दिएका छन्।

‘तपाईंहरुलाई यो कुरा बताउँदा खुसी लागेको छ कि आज हाम्री छोरीको जन्म भएको छ। हामी तपाईंहरुको माया र मंगल कामनाका लागि मनदेखि नै आभारी छौं। अनुश्का तथा छोरी दुवैको स्वास्थ्य राम्रो छ र जिन्दगीमा यो क्ष्ँणको अनुभव गर्न पाउनु हाम्रो सौभाग्य हो। तपाईंहरुलाई थाहै छ कि यस समय हामी सबैलाई थोरै प्राइभेसीको जरुरत छ।’ –विराटले छोरीको कपडामा गुटमुटीएको खुट्टा मात्र देखिने तस्वीर राख्दै लेखेका छन्।

केही समयअघि अनुश्काले गर्भवती अवस्थामा एक म्यागेजिनसँगको कुराकानीको क्रममा आफ्नो बच्चालाई अभिनेत्री करिना कपुर र अभिनेता सेफ अलि खानका छोरा तैमुर अलि खानलाई जस्तो मिडिया र आम मानिसबीच ल्याउन नचाहेको बताएकी थिइन्। यसै कारण पनि विराटले छोरीको अनुहार देखिने फोटो नराखेका हुन सक्छ। छोरीको जन्म भएसँगै अनुश्का तथा विराटलाई फ्यानहरुले बधाई दिइरहेका छन्। साथै अनुश्का र विराटको नामबाट मिलाएर उनका फ्यानहरुले छोरीको नाम अन्वी राख्न पनि सुझाव दिएका छन्। विराट र अनुश्काले सन् २०१७ मा विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्