लमजुङ उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समुह विजयी



शिक्षा पन्त, लमजुङ ।

लमजुङ उद्योग वाणिज्य संघको चुनावमा अध्यक्षका उम्मेदुवार गुणराज सिलवालसहित लोकतान्त्रिक समुह विजयी भएको छ ।

सिलवालले प्रगतीशिल समुहका प्रतिस्पर्धी श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तरले पछि पार्दै जित हासिल गर्न सफल हुनुभएको हो । सिलवालको कुल प्राप्त मत १३५९ आयो भने लामिछानेले १०४५ मत ल्याउनुभएको थिए । यस्तै संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक पक्षका मृगेन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्दी विकास श्रेष्ठलाई १५९ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

घिमिरेले कुल १२४९ मत पाप्त गर्नभएको थियो । संघको द्वितिय उपाध्यक्षमा लोकतान्त्रिक पक्षका भरत कुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्दी भरत बहादुर विष्टलाई ३२२ मतान्तरले जित हासिल गर्नुभएको हो । श्रेष्ठले कुल १३३५ मत ल्याउनुभएको छ । यस्तै संघको तृतीय उपाध्यक्षमा लोकतन्त्रप्रेमी युवा व्यवसायी कृष्णजंग गुरुङ अत्याधिक मतका साथ विजयी हुनुभएको छ ।

गुरुङले १३८६ मत पाप्त गर्दै निकटतम प्रतिद्वन्दी रविन विश्वकर्मालाई ४१८ मतले पछि पार्नुभएको हो । महिला सदस्यमा लोकतान्त्रिक समुहकै आईशा मिया र मनु पन्त विजयी हुनुभएको छ् । उहाँहरुले क्रमशः १२८७ र ११९५ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्वन्दी अनुपमा पुन र कल्पना थापाले क्रमशः १००५ र १०७८ मत प्राप्त गर्नुभएको थियो । यस्तै संघको खुला सदस्यहरु पनि सबै लोकतान्त्रिक पक्ष नै विजयी हुनुभएको छ । खुला सदस्यमा उक्त समुहका शिवराम सिलवाल, सुरेशकुमार प्रधान र प्रदिप बस्नेतले उम्मेद्वारी दिनुभएको थियो ।

संघमा २ हजार ६ सय ८४ व्यवसायी आवद्ध भएपनि निर्वाचनमा भने कुल २ हजार ४ सय ६७ मत खसेको थियो संघको नवनिर्वाचित अध्यक्ष सिलवालले आगामी दिनमा व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनको मतगणना सोमबार राती सकिएको थियो । संघको आठवटा इकाइमध्ये ७ वटा इकाईमा पनि लोकतान्त्रिक पक्षका उम्मेद्वार विजयी भएका छन् ।

जिल्लाको बेसीशहर, उदीपुर, भोटेवडार, सुन्दरबजार, राईनास, दुईपिप्ले सोतिपसल र भोर्लेटार इकाईमा लोकतान्त्रिक समुहका सबै उम्मेद्वार विजयी भएका छन् । खुदी इकाइमा भने सहमतिका आधारमा नयाँ समिति चयन गरिएको छ । बेसीशहर इकाईमा बिपिन श्रेष्ठ, उदिपुरमा अमृत कुमार श्रेष्ठ, भोटेवडारमा मान कृष्ण आचार्य, सुन्दरबजारमा दण्ड बहादुर सुनार, राइनसमा आनन्द श्रेष्ठ, दुईपिप्ले सोतिपसलमा ऋषिराम पुरी र भोर्लेटारमा जाकिर हुसेन मिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्