आत्मबलनै अचुक औषधि



टंक पन्त
जब शरीरका सबै अंग दुख्न थालेपछि सिर्जनाबहिनीलाई टाउको दुखेझैँ भयो भन्दै अफिसबाट सधैँभन्दा २ घण्टाअगाडि घरतिर लागेँ । मलाई घर पुगेर कतिखेर सुतौं भन्ने भैरहेको थियो तर घर पुगेर सामाखुशीसम्म पुग्नै पर्ने थियो । त्यहाँपुगेर एकैछिन् बसेँ ।मसँग छोरा इशान पनि साथमा गएका थिए।बाबु इशानलाईपिंकुको सानो नानीसँगजति खेले पनि नपुग्ने । एकैछिन् न पापा भन्दै थिए । अनि एकैछिन् बसाइ त भयो तर समयकसरी बित्यो, मलाई पत्तैे भएन । अनि घरतिर लागेँ र घर जानासाथ बिस्तारामा पल्टिहालेँ। त्यसपछित झन्–झन् शरीर दुख्दै गयो ।

छोरी इशिकाले गुर्जो–पानी, स्टीमका लागि तातो पानी र तातो पानीमा खुट्टा चोभ्ने व्यवस्था पनि गरिदिइन् । तर मलाई स्टीम लिने, खुट्टा चोभ्नेजाँगरपनि पटक्कैथिएन । किनकि शरीरका हरेकभाग दुखेर सही नसक्नु भैरहेको थियो ।अहिलेको परिस्थितिमा लक्षण नमिल्दो पनि थिएन तर मैले सबैलाई तनाव किन दिने भनेर कसैलाई पनि भनिन । मैले भनिरहेँ– चिसोले नै यस्तो गराएको हो, आत्तिनुपर्दैन । त्यही बेला लामो समयपछि बुबा पनि बुटवलबाटकाठमाडौं आउनुभएकोे थियो । उहाँले पनि चिसोले नै होला भनी मकरध्वज औषधि महमा पिसेर खान दिनुभयो ।सधैँ सँगै सुत्ने छोरालाईछोरीले लगिन् ।

रात जति लम्बिदै गयो त्यति शरीरका हड्डीसमेत दुख्न थाले । निकै गाह्रो गरी रात बित्यो रबिहान भयो ।अनि उही गुर्जो–पानी, हनी–पानी सेवन गरी स्टीम लिएरघाममा बस्न कोशिश गरेँ ।तर न बस्न हुन्छ, न सुत्न हुन्छ । तैपनि बिस्तारामा गएर पल्टिएँ । गाह्रो–पिरो गरी दिन त कट्ने तर रात कटाउन निकै सास्ती हुने प्रक्रियाजस्तो भयो।

जति दिन बढ्दै गयो, त्यति गाह्रो हुँदै गयो । दिउँसो थोरै कम भएजस्तो,राति भएपछि सुत्नै नहुने । बसे पनि, उठेपनि, सुते पनि शरीरका सबै अंग दुख्ने । कसलाई के भनौं ? पहिलो रातपछिको दुई रात त मेरा लागि जीवन पनिअन्धकारजस्तो भयो,बत्ति बाल्दा पनि उज्यालो देखिँदैन । आँखाले काम नगरेको हो कि दिमागले काम नगरेको हो, दुखाइले भेउ नै पाइएन ।अनि ती रातहरुमातके–के सोचेँ–सोचेँ,जुन कुरा भन्न पनि सक्दिन ।आफूले आफैंलाई अहिले असम्भवछ भन्छु र पनि अकल्पनीय कुरा सोचेँ ।जति गाह्रो भएपनिजुनबाटो म जानै दिन्न भन्नेअठोट पनि गरेकै थिएँ ।

जुन बेला बुटवलमा रहनुभएकी आमा र अफिसको कामले केही दिनका लागि बाहिर गएकी मेरी श्रीमती मीनुलाई सम्झिएँ,त्यो रात रात्रिकालीन प्लेन चल्ने भैदिएको भए आइहाल न भन्ने स्थितिमा पुगेको थिएँ । बुबा र छोरीलाई उठाउँछु भनेर उठ्न खोजेँ तर पहिलो प्रयासमा बत्तीको प्लगसमेतभेट्टाउन सकिन । त्यसपछि एकैछिन् बिस्तारामा पुग्न पनि सकिन ।

त्यहीँ मेरा आँखाबाट धेरै आँसु बर्सिएछन्। अनि बिस्तारामा पुगेपछि मेरो गन्जीसमेत छपक्कै भिजेको । धेरैचाहिने नचाहिने कुरा सोचेँ । एकैछिन्पछि मैले अझैगर्नुपर्ने जिम्मेवारी छ भन्ने सोचेँ अनि आफैंलाई सम्हालेँ । आत्मबल बढाउने कोशिश गरेँ ।यदि साथमा मीनु भएको भए यति अप्ठ्यारो हुँदा अस्पताल लगिसकेकी हुन्थिन् वा थप बल दिने थिइन् भन्ने सोचेँ । जुन बेला फेरि भावविह्वल भएँ, जति रोक्न खोजे पनि रोक्नै सकिन ।

त्यसै भएर होला, अर्को दिन मीनुले ‘म धनगढीको कार्यक्रम अर्कोपटक गरौंला, आजै आउँछु नि’ भन्दै थिइन् तर कति आउने–जाने गर्ने, काम सकेर आऊ न त भनेँ । अनि कुरा गर्दागर्दै अघिल्लो रातलाई सम्झिएँ । त्यसपछि एकैछिन् बोल्न पनि सकिन,निकै भक्कानिएँछु । बाहिर प्रशिक्षण दिन गएकीलाई धेरै कुरा गरेर दिमाग डाइभर्ट नगर्ने पक्षमा थिएँ ।

त्यसैले पनि अघिल्ला दिनमा भएको कुनै पनि अप्ठ्यारो अवस्थाबारे बताइन । उनलाई मात्र होइन,यो सामग्री तयार पार्दासम्म कसैलाई बताइन पनि बताएको छैन । हुन त मैले अप्ठ्यारो प¥यो भनेको भए हाम्रै घरको तल्लो तलामा बस्ने बस्याल परिवार रजोडिएकै घर खड्का परिवार जसले पनि सहयोग गर्नुहुन्थ्यो । त्यो सहयोगी भावना उहाँहरुमा छ तर मैले नभनेर नै हो । अन्य सहयोगी हात निकै थिए तर मैले भनिन ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीले एक वर्ष पूरा गर्न थालेको थियो । नेपालमा पनि ११ महिना भएको छ । नेपालमा कोरोना महामारीबाट जोगिन लकडाउन भएको एक हप्ताबाटै थोरै–थारैसमय कार्यालय जान थालेको र सोही समयमा चार–पाँचपटक बुटवल, गुल्मी पनि गएको थिएँ । दुई महिनापछि तनियमितरुपमा कार्यालय जाँदा पनि जोगिएकै अवस्था थियो तर अहिले आएरकतैबाटछोयो होला कि क्या हो भन्ने आशंका नभएको पनि होइन तर पीसीआर चाँज गराउने पक्षमा म थिइन । किनकि पीसीआर जाँच गराउँदा पोजिटिभ देखायोभने सबैलाई थप तनाव हुन्छ भन्ने मलाई लाग्यो । जे भए पनि उपचार पद्धति अपनाउने आफैंले हो भन्ने लागेरै पनि त्यसतर्फको सोचाइ बनाइन ।

पाँच दिनसम्म पर्खिएँ । किनकि दुई–चार दिन अलिक गाह्रो हुन्छ भन्ने कुरा म आफू पत्रकार भएको हुनाले सुनेको मात्र होइनअरुले बताएको कुरा निकै नै लेख्दैपनि आएकोथिएँ । तसर्थ केही दिन पर्खिनुपर्छ भन्ने सोचेको पनि हो । तर पाँच दिनचसम्म पनि सामान्य ज्वरो–खोकी बाँकी नै रह्यो । नाक–मुख सुक्ने, शरीरका सबै अंग–प्रत्यंग दुख्ने, टाउको दुख्ने भैरह्यो । अनि घरबाट १५ मिनेटमा हिँडेरै पुगिने ग्रान्डी अस्पताल गएर चिकित्सकसँग राय लिएँ ।

उहाँले पीसीआर जाँच गराउन भन्नुभयो ।केही औषधि पनि लेखिदिनुभयो । मैले पीसीआर जाँच गराउनलागिन ।यदि पोजिटिभ देखायो भने सबैलाई तनाव हुन्छ भन्ने मेरो विश्लेषण थियो । पोजिटिभ आएपनि, नआएपनि आफैंले आफैंलाई उपचार गर्ने न हो भन्ने मनमा लाग्यो अनि नजिकैको आमन्त्रणफार्मेसीमा पुगेर औषधिलिई गाह्रो गरी घर फर्किएँ ।

अन्य समयमा १५ मिनेटको बाटो, त्यसदिन मलाई एक घण्टाभन्दा बढी नैलाग्यो । बाटोमा तीन–चार ठाउँमा बसेँ । छोराछोरीलाई साथमै लिएर आउनुपर्नेरहेछ भन्ने पनि लाग्यो ।घरनजिकै रहेको पवित्र धार्मिक स्थल हरिहर मन्दिर, हरिहर संन्यास आश्रममा केही समय बिताएँ । निर्मल ब्रह्मचारीजीले तपार्र्इंले आत्मबल बढाउनुभएकोले जित्न सक्नुहुन्छ भनेर थप बल दिनुभयो। त्यस्तो बेला कसैले भेटेर ढाडस दिँदा पनि सहज अनुभूति हुँदो रहेछ । यस्तो बेला वास्तवमा भित्री मनदेखिको आफ्नो भन्ने सोचाइ पनि आउँदो रहेछ । हुन त मैले अस्वस्थ भएँ भनेर सामाजिक सञ्जालबाट सूचना पनि दिइन ।अफिस रआफैं थाहा पाएर सोध्न–भेट्न आउनेलाई बाहेक कसैलाई पनिभनिन । १० दिनसम्म त मोबाइल पनि अफ गरेँ । कुरा गर्न पनि पटक्कै जाँगर लागेन ।

जब मोबाइल अन गरेँ, त्यसपछित स्वाथ्यलाभ र भेट्न आउने धेरैको उपस्थितिले मलाई थप आत्मबल बढाउँदै गयो । अति नजिकका जसले मलाई राम्रो रुपमा लिन्छन्, उनीहरुलाई पनि आफ्नो अवस्था बताइन । किनकि म आफैं पनि बताउन सक्ने अवस्थामा थिइन। निकै गाह्रो हुँदा तछोरा इशानले ‘अफिस गएर धेरै कुर्सीमा बसिरहेको कारणले होला यसरी दुखेको, अब पनि कति अफिस गैरहनुहुन्छ ? अबदेखि अफिस कम जानू, बरु मैले केही गर्न मिल्छ भने गर्छु नि’ भन्दै थिए । ११ वर्षको छोराले ‘बरु घरका धेरै कोठा रेन्टमा लगाऊँ, हामी थोरै कोठामा बसौं अनिखर्च पुगिहाल्छ नि’भन्दा त निकै भावुक पनि भएँ । जे होस्, निकै गाह्रो भएको समयमा छोरी इशिका रछोरा इशान प्रमुख सहारा र आड–भरोसामा खरो उत्रिए, जसले गर्दा पनि मुटु बलियो बन्दै गयो ।

खासगरी शरीरका सबै भाग,हात–खुट्टाका औंलाका जोर्नीसमेत दुख्ने अनि चल्न चट्पटाउनपनि नहुँदा बितेको एक वर्षमा कैयौंहजारले यो जटिल समस्या भोग्नुपरेको सम्झिएँ । कति–कति बेला त कस्ता भेट्रान चिकित्कले समेत ज्यान गुमाउनुपरेको सम्झिने स्थिति पनि नआएको होइन । मलाई सम्झने र मैले पनि सम्झनेका अगाडि ‘मलाई कुनै हालतमा केही हुँदैन भनेर आत्मबल बढाउँदा बढाउँदै पनि धेरै थोक सम्झिएँ। त्यसलाई पनि पार गरेर आज मैले यो अनुभूतिसहितको सामग्री लेख्न बसेको हुँ । मलाई थाहा छ, यो लेख पढेर परिवारबाट पनिकिन नभनेको भन्ने भनाइसुन्नुपर्नेछ । तर कहिलेकाहीँ यस्तैहुँदो रहेछ । यस्तो अप्ठ्यारो कसैलाई पनि नहोस् । बिरामी त प्रायः सबै हुन्छन् तर यो खालको बिमार कसैलाई नलागोस् । नयाँ जीवन पाएको भन्न पनि मन छ तर त्यस्तो भनूँ पनि कसरी ।

जब केही कम हुँदै गयो तर छट्पटी हुन थाल्यो, के–के भएजस्तो हुने अनि असहज हुने अवस्था पनि एक–दुई दिन आयो। हिँडेर कतै टाढा गई आऊँजस्तो हुने तर दुई पाइला हिँड्यो कि फत्राकफुत्रुकजस्तो हुने गरी गलिने । यसरी दिन बित्दै गए । करिब १४ दिनपछि बल्लतल्ल हिँड्न सक्ने भएँ । थोरै समय भएपनि अफिस जान थालेँ । थोरै हिँडे पनि गाह्रो हुने, धेरै समय कम्प्युटर÷ ल्यापटपमा बस्दा पनि गाह्रो हुने भएकै छ । अझै केही समय थोरै काम र धेरै आराम गर्नुपर्नेछ । यस विषम परिस्थितिमा सबैले आ–आफ्नो ख्यालगर्नुबाहेक अर्को विकल्प रहेनछ।

प्रतिक्रिया दिनुहोस्