कंगोली जनताको मन जित्दै नेपाली सेना



काठमाडौं, (नेस)
मध्य अफ्रिकी राष्ट्र कंगोमा तैनाथ नेपाली शान्ति सेनाले २० हजार नागरिकको बासस्थानका लागि भौतिक संरचना निर्माण गरेर हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको इन्जिनियरिङ कम्पनीले द्वन्द्वबाट ग्रस्त कंगोली जनतालाई सुरक्षित बासस्थान निर्माण गर्ने क्रममा त्यहाँका स्थानीय जनताको मन जित्ने कामसमेत गर्दै आएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
नेपाली शान्ति सैनिकले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)को अनुरोधमा बिभिन्न क्षेत्रबाट विस्थापित भएर बुनियास्थित मुजिपेलामा बसेका कंगोलीका लागि उक्त बासस्थानको व्यवस्था गरेको सैनिक मुख्यालयले जानकारी दिएको छ ।
यसअघि पनि नेपाली शान्ति सैनिकको टोलीले १० हजार कंगोलीका लागि आवश्यक संरचना निर्माण गरी हस्तान्तरण गरेको थियो । नेपाली शान्ति सैनिकले ७ हजार हेक्टर जमिनमा बाटो निर्माण गर्नेदेखि विभिन्न काम गर्दै आएको थियो ।
नेपाली सेनाको उक्त कामप्रति राष्ट्र संघको कंगोस्थित मुख्यालयका फोर्स कमान्डर जिन पियरी ल्याक्रोसले नेपाली शान्ति सैनिकले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्