पल्सर स्पोर्टस् अवार्ड:गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड २०७६’ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ ‘वर्षका उत्कृष्ट खेलाडी’ घोषित भएका छन् ।

मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको सेमी भर्चुअल अवार्ड कार्यक्रममा पौडीकी गौरिका र करातेका मन्देकाजी उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन् । मन्देले पुरुष उत्कृष्ट खेलाडीको विधामा गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछि पारेका हुन् । उनी ‘पिपल्स च्वाइस अवार्ड’को उपाधि गुमाए पनि ‘वर्षको उत्कृष्ट खेलाडी’ बन्न सफल भएका छन् ।

मन्डेले गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा दोहोरो स्वर्ण जितेका थिए । उनले करातेअन्तर्गत टिम काता र एकल काता विधामा स्वर्ण जितेका थिए । यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण जित्दा टिम कातामा रजत जितेका थिए । यसैगरी, गौरिकाले उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट भएकी हुन् ।

गौरिकाले गत वर्ष नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चारवटा स्वर्ण जितेर इतिहास रचेकी थिइन् ।गौरिकाले १३औं सागमा ४ स्वर्णबाहेक २ रजत र ३ कांस्य जितेर पौडीमा कुल ९ पदक जितेकी थिइन् । योस“गै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानस“ग पनि बराबर गरेकी थिइन् । उत्कृष्ट खेलाडी घोषित भएस“गै मन्डेकाजी र गौरिकाले एक–एक थान पल्सर मोटरसाइकल पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्