धार्मिक यौन सम्प्रदायका नाइकेलाई एक हजार वर्ष कैद



इस्तानवुल, (एजेन्सी) ।

टर्कीको एक अदालतले एउटा धार्मिक यौन सम्प्रदायका नाइकेलाई यौन अपराध र जालसाजीको आरोपमा एक हजार वर्ष लामो कारावास संजाय सुनाएको छ ।

एडनन ओक्टार नामक ति सम्प्रदायका नेताले आफ्नै कट्टरपन्थि इस्लामिक टेलिभिजन च्यानलमा धार्मिक सिद्धान्त प्रवर्धन गर्दै आएका थिए । सन् २०१८ मा पक्राउमा पर्नु अघि सम्म उनी छोटो र पातला पोशाक पहिरेका युवतीहरुबाट घेरिएर बस्ने गरेका थिए । उनले ति महिलाहरुलाई ‘ बिरालोका बच्चा ’ को संज्ञा दिने गरेका थिए ।

इस्तानवुल प्रहरीले उनी सहित करिव २ सय जना अन्य संदिग्ध व्यक्तिलाई हिरासतमा राख्दै आएको थियो । सोमवार उनलाई यौन व्यभिचार , बालबालिकाको यौन उत्पीडन , जालसाजी र राजनीतिक तथा सैनिक जासुसी गर्न खोजेको अभियोगमा टर्कीको एक अदालतले १ हजार ७५ वर्ष लामो कैद संजाया सुनाएको हो ।

६४ वर्षिय ओक्टारलाई अमेरिकामा वसोवास गर्दै आएको मुश्लिम धर्म प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा रहेको समुहलाई समर्थक गरेकोमा पनि दोषि ठहराइएको छ । टर्कीले गुलेनमाथि सन् २०१६ को असफल सैनिक विद्रोह प्रयासमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । साथ ैअदालतले ओक्टारका दुईवटा संस्था तार्कान् याभास र ओक्टार बाबुनाका दुई जना कार्यकारी अधिकारीलाई पनि क्रमश जनही २ सय ११ र १ सय ८६ वर्ष लामो कैद तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्