बघिनीले त्यागेका डमरुलाई मानिसले हुर्काउँदै



म्याड्रिड, (एजेन्सी) । 

निकारागुवाको एउटा चिडियाघरमा जन्मेका निभ नामक एक दुर्लभ सेतो बाघको डमरुलाई जन्माउने बघिनीले नै अस्विकार गरेर वेवास्ता गरेपछि मानिसहरुले हुर्काइरहेको सो चिडियाघरका निर्देशक एडुआर्डो साकासाले अन्तर्राष्ट्रिय समाचार निकाय एएफपिलाई बताएका छन् ।

करिव एक साता अघि जन्मेका निभको तौल जन्मिँदा एक किलोग्राम भन्दा कम थियो । जनावर संरक्षण समुह डब्ल्युडब्ल्युएफले आनुवंशिक गडबडीले सेतो बाघ जन्मिने गरेको र विश्वका बनजंगलमा यस्ता बाघको अस्तित्व नै समाप्त भइसकेको तर मनव नियन्त्रणमा भने केहि दर्जन बाँकी रहेको जनाएको छ ।

बाघ सम्बन्धी विशेष अध्ययन गर्ने अमेरिकाको मिन्नेसोटा स्थित वाइल्ड क्याट आरषणले सेता बाघ वंगलाका बाघ भएको र तिनीहरुका पुर्खाले यस्तो अनियमित वंशानु बोक्ने गरेको दावी गरेको छ । साथै यस आरक्षणले सेतो बाघ कुनै चर्मरोग वा फरक प्रजातिको नभएको पनि स्पष्ट पारेको छ । सेता डमरुले धेरै आगन्तुकका ध्यान तान्ने भएकले पनि केहि पार्क र चिडियाघरमा सेता बाघ जन्माउन प्रजनन गराउने गरेका छन् । तर निकारागुआको चिडियाघरमा भने पहिलोे पटक यस्तो सेतो डमरुको जन्म भएको हो ।

चिडिया घरमा रहेका करिव ७ सय जनावरको हेरचाहमा निर्देशक लोग्ने साकासालाई सघाउँदै आएकी मारिना आर्गुएल्लोले निभलाई बोटलबाट दुध ख्वाउँदै आएकीछन् । हरेक तीन घन्टाभोकाएर दुध खोज्ने निभ समयमै दुध नपाउँदा वा दुध चिसो हुँदा चिच्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्