अमेरिका र चीनबीचको तनाव बढ्ने



ताइपेइ, (एजेन्सी) ।

अमेरिकाले ताइवानसंगको औपचारिक सम्बन्धमा लगाउँदै आएको दशकौ लामो रोक हटाए लगत्तै एकजना वरिष्ठ अमेरिकी कुटनीतिज्ञले गर्न लागेको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबिच फेरी तनाव शुरु भएको छ ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत केल्ली क्राफ्ट ताइवानको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा बुधवार ताइपेइ पुग्ने भएकीछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्याकालको करिव अन्तिम दिन तिर हुन लागेको क्राफ्टको यस भ्रमणले चीनलाई आक्रोसित पार्ने भएको छ ।

स्वशासित ताइवानलाई चीनले आफ्नो भूभाग भएको दावी गर्दैै आएको छ । वासिंगटन र बेइजिंगबिच एक् वर्ष देखि चल्दै आएको चिसो सम्बन्धपछि क्राफ्टको यो भ्रमण हुन लागेको हो । अमेरिका र चीनबिच सम्बन्धको तनावको प्रमुख कारणै जहिले पनि प्रजातान्त्रिक टापु ताइवान रहँदै आएको छ ।

ट्रम्पको कार्यकालमा अमेरिकाले चीनको कडा चेतावनी वावजुद पनि ताइपेइलाई हात हतियार उपलब्ध गराएर र त्यहाँ वरिष्ट अधिकारीहरुलाई पठाएर ताइवानसंगको सम्बन्ध मजुबुत बनाउँदै आएको छ ।

केहि दिन अघि मात्र अमरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी र ताइवानी अधिकारीहरुबिचको सम्पर्कमा अमेरिका आफैंले लगाउँदै आएको प्रतिबन्ध हटेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्