तेक्वान्दोका श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित



काठमाडौं ।

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मगंलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा श्रेष्ठले उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका हुन् ।

श्रेष्ठले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण दिलाएका थिए। तेक्वान्दोबाट सागमा भाग लिएका २९ खेलाडीले पदक जितेका थिए ।

सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्