विचाराधिन मुद्दामा अदालतलाई सडकबाट दवाव र धम्की दिनु हुँदैन : देउवा



नानीराम नेपाल, सिन्धुपल्चोक ।

पूर्व प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले अदालतमा बिचाराधिन मुद्दामा सडकबाट धम्की, दवाव र हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

कोमलमाया खड्ग बस्नेत स्मृती कप फूटबल प्रतियोगिताको समापन समारोहको उद्घाटनका लागि आज सिन्धुपाल्चोकको बार्हबिसे नगरपालिका ४ स्थिति पलाँतिमा आईपुग्नुभएका देउवाले नेपाली काँग्रेसले स्वतन्त्र न्यायलयको निर्णयलाई मान्ने बताउनुभयो । ‘हामी स्वतन्त्र न्यायलयलाई यसो गर उसो गर भन्दैनौ,’ उहाँले भन्नुभयो, ‘अदालतको जे फैसला आउँछ सोही अनुसार अघि बढनेछौँ ।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक नै भएपनि अदालतमा बिचाराधिन मुद्दामा आफुहरु केही नबोल्ने उहाँले बताउनुभयो । प्रजातान्त्रिक शक्तीले अदालतमा बिचाराधिन मुद्दामा सडक तताउँदैन, स्वतन्त्र न्यायलयको फैसला स्विकार गर्दछ ।’ उहाँले भन्नुभयो, ‘संसद पूनर्स्थापना भएपनी हामी स्कीकार्छौ, नभए चुनावमा जान्छौँ ।’

प्रतिक्रिया दिनुहोस्