थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० डिस्चार्ज, ५ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोराना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ३९० जना कोरोना मुक्त भएका छन् । योसँगै, निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट आज थप ५ को मृत्यु भएसँगै मृतकको संख्या १ हजार ९३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्