पाँच महिनामा नौ सयले लाङटाङ निकुञ्ज भ्रमण गरे



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा कोभिड-१९ का कारण पाँच महिनाको अवधिमा नौ सयले भ्रमण गरेका छन् । नेपालको दोस्रो राष्ट्रिय निकुञ्ज र पदयात्राको लागी तेस्रो गन्तव्य स्थलको रुपमा परिचित छ भने राजधानी काठमाण्डौ बाट सव भन्दा नजिक रहेको छ ।निकुञ्जको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को पाँच महिना मा नौ सय ८९ पर्यटक भित्रिएका छन् ।

जसमा नौ सय २३ जना नेपाली र २६ जना विदेशि रहेका छन् ।निकुञ्ज आएका पर्यटक हरु मध्ये सबभन्दा धेरै तामाङ सम्पदा मार्ग मा अध्ययन अवलोकन गोसाइकुण्ड र लाङटाङ रहेको छ ।भने यस निकुञ्ज क्षेत्रमा मुख्य तथा दुई वटा सिजनमा पर्यटकको चासो हुने गर्दछ ।भ्रमणमा आउने नेपाली पर्यटकलाई एक सय ,सार्क मुलुकका र अन्य विदेशी मुलुक का एक हजार पाँच सय र तीन हजार प्रवेश शुल्क लिने व्यवस्था रहेको छ ।

निकुञ्ज घुम्न आउने पर्यटक हरुका लागी लामटाङ राष्ट्रिय निकुञ्ज धुन्चे, मैलुङ चेक पोष्ट ,घोेडा तवेला रेञ्ज पोष्ट, कुटुमसाङ रेञ्ज पोष्ट नुवाकोट शेर्पाथाङ पोष्ट सिन्धुपाल्चोक टेम्पाथान पोष्ट फुसे्र र भृकुटीमण्डप काठमाण्डौ बाट प्रवेश अनुमति दिइएको छ ।

निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चापलाई न्युनिकारण गर्न र मध्यवपर्ति क्षेत्रमा रहेका प्राकृतिक श्रोतहरुमको उचित व्यवस्थापनको लागी निकुञ्ज अन्र्तगत २१ वटा मध्यवर्ति क्षेत्र उपभोक्ता समिति र एक सय ९१ वटा मध्यवर्ति क्षेत्र उपभोक्ता समुहहरु नुवाकोट ,रसुवा र सिन्धुपाल्चोक गरि तिन जिल्ला का १० वटा गाउँपालिका मा गठन भएका छन् ।

वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा धेरै नै महत्वपुर्ण यस निकुञ्जमा साल, खोटे सल्ला, कटुस, गोब्रे सल्ला, धुपी,सल्ला, ओखर, खसु्र, भोजपत्र, गुँरास लगाएत एक हजार भन्दा बढि प्रजाति का वनस्पतिहरु रेडपाण्डा, कस्तुरी मृग, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वासो, सालक, चरि बाघ, आसामि रातो बाँदर, लंगुर बादर, थार, घोरल,हिमाली कालो भालु जस्ता दुर्लभ तथा महत्वपुर्ण वन्यजन्तु हरु पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्