जन्मदिनको अवसरमा २ सय विपन्न परिवारलाई सिरक र डसना वितरण



समाजसेवाको क्षेत्रमा सधै सक्रिय भूमिकामा रहने नेपाली कांग्रेसका प्रभावशाली एंव चर्चीत माहिला समाजसेवि श्रीमती अन्जु झाले आफ्नो कान्छो सुपुत्र मिहिर झाको जन्मदिनको शुभ अवसरमा रौतहटको इशनाथ नगरपालिकाका दुइ सय विपन्न, अति विपन्न परिवार लाई न्यानो सिरक र डसना वितरण गर्नू भएको छ।

ईशनाथ नगरपालिका वार्ड नं.९ डुमरिया र गौरमा सिरक र डसना न्यानो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो।

पत्रकार , स्थानीयबासी र विभिन्न राजनितिक दल, बुद्धिजीवी, समाजसेवि हरूको सकारात्मक सहयोग र उपस्थितिमा उक्त समानहरू बितरण गरिएको थियो।

श्रीमती अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजसेवी कार्यक्रम गर्दै आएका हुन्।

आफ्नो खुशी समाजका लागि साट्ने एउटा छोटो प्रयास गरेको र थप समाजसेवा गर्न मौका पाओस भन्दै आफूले दुई हजार विपन्न परिवार लाई न्यानो कपडा र डसना बाड्ने लक्ष्य रहेको श्रीमती झाले बताइन।

गरिब परिवारको सहयोगमा अगाडी आउने सहयोगी हाथहरू लाई कुनै राजनीतिक मुदा न बनाई सहयोगको धारणा राख्न र राजनीति खिचा तानी ले सहयोगी हाथ हरू लाई हतोत्साहित बनाई रहेको ले सम्पूर्णमा सकारात्मक सोचको लागी समाजसेवि झा ले आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्