ओली प्रतिगमनतिर लागे : उपेन्द्र यादव



कृष्णउदास खनाल, वीरगन्ज ।

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष उपेन्द्र यादवले प्रधानमंत्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको बताउनुभएको छ ।

मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्रधानमंत्री ओलीले योजना बनाएर नै प्रतिगामी कदम चाहेको दाबी गर्नुभएको छ । प्रधानमंत्रीमा निर्वाचित भएदेखिनै ओलीको गतिबिधिहरु संखास्पद रहेको भन्दै अध्यक्ष यादवले संसद बिघटन गर्ने ओलीको कदमले संघीय र गणतन्त्र नै धरापमा परेको उल्लेख गर्नुभयो । अब परिवर्तनकारी शक्तिहरु एक ठाउँमा गोलबन्द नहुने हो भने जनयुद्ध,जनआन्दोदन र मधेश आन्दोलनले दिएको उपलब्ध ओलीकै कारण सकिने खतरा बढेको बताउनुभयो । ओलीको पछिल्लो समय अघोषित रुपमा प्रतिगामी तत्व र लोकतन्त्र बिरोधी तथा निरंकुशहरुसँग एकता रहेको आरोप लगाउनुभयो ।

अध्यक्ष यादवले संसद बिघटनको बिषय सर्बोच्चमा बिचाराधिन रहेपनि यो राजनीतिक बिषय भएकाले यसलाई राजनीतिक रुपबाट नै हल गर्नुपर्नेमा जोड दिनुभयो । यद्यपी अदालतको आदेशले प्रधानमंत्री ओलीले चालेको कदमलाई सच्चाउने बिश्वास लिनुभयो । अध्यक्ष यादवले लोकतन्त्रवादीहरुको बृहत एकता अबको आवश्यकता रहेको बताउनुभयो । काँग्रेसले पनि ओलीको कदमको बिरोध गर्नुको बिकल्प नभएको बताउनुभयो ।

नेपालीहरु आफ्नो देशको समस्या आफै समाधान गर्न सक्षम रहेका कारण नेपाललाई बिदेशीहरुको खेल मैदान बनाउन नहुने कुरामा उहाँको जोड छ । सबै छिमेकीहरुसँग मित्रवत ब्यवहार गर्नुपर्ने नेपालको दायित्व रहेको उहाँको भनाइ छ । कार्यक्रममा सो पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले आफू करिब ३० बर्षसम्म अदालतसँग जोडिएको ब्यक्ति भएकाले अदालतले गर्ने निर्णय सही हुने आफूलाई पूर्ण बिश्वास लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्