पाठ्यक्रम प्रारुपविरुद्धको रिटमा सुुनुवाइ शुरु



काठमाडौं, (नेस)
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले गणित विषयलाई अनिवार्यको सूचीबाट हटाएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्चले सोमबारदेखि सुनुवाइ शुरु गरेको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा समयाभावका कारण सुनुवाइ नसकिएको हो ।

गणित विषयलाई अवमूल्यन गरिएको उल्लेख गर्दै भागवत अर्यालद्वारा रिट निवेदन दायर गरिएको थियो । सो विवादमा यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्