चोरले योद्धाको तरवार फर्काए



वासिंगटन,(एजेन्सी)

अमेरिकाको मास्साचुसेत्सस्थित एउटा क्रान्तिकारी योद्धाको प्रतिमामा रहेको तरवार चोर्ने कुख्यात चोरले त्यो तरवार फर्काइ दिएका छन् । नगरको ऐतिहासिक आयोग समक्ष क्षमायाचना सहित उनले तरवार फर्काएको प्रहरीले जनाएको छ ।

वेस्टफिल्ड ऐतिहासिक आयोगका अध्यक्ष सिन्डी पि. गलर्डले दि स्प्रिंगफिल्ड रिपब्लिकन अखवारलाई बताएकी छन्, ‘गत डिसेम्वरमा एकदिन अचानक एकजना पुरुषले आयोगका एकजना कर्मचारीसंग सम्पर्क गरे । नाम नखुलाइएका ति व्यक्तिले आफुसंग रहेको तरवार फिर्ता गर्न चाहेको बताए । मैले उनीसंग प्रत्यक्ष भेटघाट गरें ।

उनले सन् १९८० मा आफु वेस्टफिल्ड स्टेट युनिभर्सिर्टीको विद्यार्थी रहँदा रक्सीको मातमा गल्तीवश नगरको मध्यभागमा रहेको जनरल विल्लियम सेफर्डको सो काँसको तरवार चोरेको स्विकारेका थिए । उनले बेस्सरी तरावार तान्दा आफ्नाे कमिज च्यातेको पनि बताए । दशकौं अघि नै सो प्रतिमामा अर्को तरवार राखिइसकेको छ । त्यसैले यो सक्कली र पुरानो तरवार अब संग्रहालयमा पठाउनु पर्ला । ’

प्रतिक्रिया दिनुहोस्