एकता दिवसको अवसरमा शालिक स्थापना



बासुदेव शर्मा, जाजरकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र शाही शक्ति नेपाल जिल्ला कार्य समिति जाजरकोटले राष्ट्र निर्मता पृथ्वी नारायण शाहको शालिक स्थापना गरेको छ । राष्ट्र निर्मता पृथ्बी नारायण शाहको २९९ औ जन्म जयन्ती तथाराष्ट्रिय एकता दिवसको अवसरमा जाजरकोट सदरमुकाम खलंगा गैरीखालीमा शालिक स्थापना गरेको हो ।

बाहीसे चौविसे राज्यमा विभाजन भएको नेपाललाई एकिकरण गरि साझा फुलवारीको रुपमा स्थापना गरेका पृथ्वी नारायण शाह जन्म जयन्ती तथा एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र शाही शक्ति नेपालले सदरमुकाम खलंगामा पृथ्बी नारायण शाहले नागरिकलाई एउटै साझा फुलवारी भित्र स्थापना गरेको उहाँका उपलब्धिको संरक्षणको लागी स्थापना गरेको थियो ।

कवि शिरोमणी लेखनाथ पौड्यालको शालिक बाहेकाराष्ट्र र राष्ट्रियताको लागी महत्वपुर्ण कार्य गरेका व्यक्तिहरुको शालिक नभएको जाजरकोटमा राष्ट्र निर्मता पृथ्वी नारायण शाहको शालिक स्थापना गरि अनावरण गरिएको छ । राष्ट्रिय प्रजातन्त पार्टीका केन्द्रिय सदस्य दिपक खनालले नेपाललाई छिया छिया पार्ने अहिलेका हजारौ राजा भन्दा पृथ्बी नारायण शाहको योगदान महत्वपुर्ण भएकोले उहाँले विगतमा गरेका कार्यहरुको नागरिकलाई संम्झना होस भन्ने उद्धेश्यले एकताका शुत्रधार राष्ट्र निर्मता शाहको शालिक स्थापना गरेको वताउनु भयो ।

देश र जनताको लागी अहोरात्र खटिने नेपालमा राजा मात्र भएकोले २९९ औ जन्म जयन्तीको अवसरमा उहाँले गरेका कृर्ति जनता समक्ष लिन जनताले देख्ने काम गर्नु पर्छ भन्ने उद्धेश्यले शालिक निर्माण गरि स्थापना गरेको हौ । उहाँको भनाई छ । नेपाल र नेपाली जनतालाई एउटै मालामा गाँसेर साझा फुलवारीको रुपमा स्थापित गरेका व्यक्तिको जन्म जयन्तीका दिन विदा नदिने सरकारले आफना बुवा आमालााई समेत विर्सिदै जाने बताउनु भयो ।

नेपाली जनतालाई सर्वोपरि मान्दै जनता भन्दा ठुला कोहि छैन्न भन्ने भावना लिएर हिमाल पहाड तराईलाई एकिकरण गर्ने राजा शाहको योगदानको केन्द्रिय सदस्य खनालले चर्चा गर्नु भएको थियो । राजा पृथ्बी नारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग गरेको पौराणिक ढाँल तरुवाल सहित नाँचीने जाजरकोटको प्रख्यात खाँडो नाँच मयुर नाँच लगाएतका पौराणिक नाँचहरुको प्रस्तुत गर्दै शालिक स्थापना गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कृष्ण बिक्रम शाहले राजाले गरेका राम्रा पक्षलाई आत्मसाथ गरेर हिड्न नसक्दाँ दलहरुलाई ठुलो क्षति भएको वताउनु भयो । उहाँले जति ठुलो लगानीमा निर्माण भएका योजनाहरु राजाको पालामा भएको बताउदै बर्तमानका सरकारले ठुला योजना संचालन गर्न नसकेको वताउनु भयो ।

नेपालका राजनैतिक दलबाट निर्माण भएका सरकारले पृथ्वी नारायण शाहले एकताको शुत्रपात गरेको नेपाललाई टुक्रा टुक्रा पारेर विखण्डन तिर धकेलेको उहाँको भनाई छ । शालिक स्थापना तथा एकता दिवस मनाउने नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्