जापानमा कोरोना भाइरसको अर्को नयाँ स्ट्रेन



टोक्यो (एजेन्सी)

बेलायत र दक्षिण अफ्रिाकापछि जापानमा पनि कोरोना भाइरसको एक नयाँ म्युटेन्ट स्टे«न देखिएको छ । चीनको वुहान शहरबाट निस्केको कोरोना भाइरस आफ्नो नयाँ नयाँ रुप धारण गर्दै बढी संक्रामक बन्दै गइरहेको छ । जापानमा भेटिएको कोरोना भाइरसको नयाँ स्ट्रेन बेलायतमा प्राप्त स्ट्रेन जस्तै धरै नै संक्रामक हुन सक्ने विशेषज्ञले चेतावनी दिएका छन् ।

कोरोना भाइरसको यो नयाँ स्टे«न यसअघि देखिएको थिएन र ब्राजिलबाट फर्केका ४ जनामा यो भेटिएको हो । निक्केइ एसियाका अनुसार ती संक्रमित यात्री जनवरी २ मा ब्राजिलबाट जापानको हनेदा विमानस्थलमा झरेका थिए । यिनीहरुमा महिला र पुरुष दुबै समावेश छन् । ती सबैको विमानस्थल मै परीक्षण गरिएको थियो र पोजिटिभ आएको हो ।

कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएका मध्य तीन जनामा स्वास लिनमा कठिनाई, ज्वरो र घाँटीमा समस्या देखिएको हो । ब्लुमबर्गको रिपोर्टमा करिब ४० वर्षका एक ब्यक्तीमा जापान फर्कदासम्म कुनै लक्षण नदेखिएको तर पछि उनलाई अस्पताल भर्ना गर्नु परेको थियो । पिडित ब्यक्तीलाई स्वास लिनमा समस्या भइरहेको बताइएको छ ।

ती सबैको स्वास्थ्य परीक्षण गरिएको र कारोना भाइरसको एक नयाँ स्ट्रेन पत्ता लागेको हो । जापानको स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनलाई कोरोनाको उक्त नयाँ स्ट्रेनका बारेमा जानकारी दिएको हो । अहिलेसम्म उपलब्ध सुचना अनुसार जापानमा प्राप्त कोरोनाको यो नयाँ स्वरुप अहिले विकसित हुने क्रममा रहेकोले अहिले नै यो कति संक्रामक हो भन्ने थाहा हुन बाँकी छ ।

अहिलेसम्म विश्वभरी प्रयोग भइरहेका कोरोना खाप नयाँ स्ट्रेन विरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन भन्ने पनि थाहा हुन सकेको छैन । जापानमा हालैका दिनमा प्रतिदिन ७ हजार भन्दा धेरै संक्रमित देखिएका छन् । जापानमा अहिलेसम्म ३ हजार ९ सयको मृत्यु भइसकेको छ ।

जापानमा तिब्रता लिइरहेको कोरोना भाइरस संक्रमण रोक्न सरकारले आपतकालिन स्थितिको घोषणा गरेको छ । आपतकालिन घोषणा हुनु एक दिन अघि जनजीवन सामान्य रह्यो र रेलमा मास्क लगाउनेहरुको भिड देखिएको थियो ।

प्रधानमन्त्री योशिहिदे सुगाले रेस्टुरेन्टमा काम गर्ने समयमा कटौती गर्न र कामदारलाई घरबाट काम गर्न अपिल गरेका छन् । सुगाले भने , हामी यसलाई अत्यन्तै गम्भिरता पुर्वक लिइरहेका छौं । जनताको सहयोगबाट हामी जुन सुकै मुल्यमा पनि यो कठिन स्थितिबाट बाहिर आउने छौंं ।

प्रतिक्रिया दिनुहोस्