निजी खर्चमा समाजसेवा



बासुदेव शर्मा । 

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना कहर कोभिड १९ को महामारीमा समाजसेवी राजीवविक्रम शाहले जाजरकोटमा निजी खर्चमा स्वास्थ्य सामग्री वितरण गर्नुभयो। दुर्गम जाजरकोट दैवी प्रकोपको उच्च जोखिममा पर्ने जिल्ला हो। महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कहर उत्कर्षमा पुगेको बेला समाजसेवी पूर्व सांसद शाहले निजी खर्चमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।

सरकारले देश नै बन्दाबन्दी गरेको समयमा जाजरकोटी जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै समाजसेवी शाहले एक करोड बरावरको खर्चमा जाजरकोटका सात वटै पालिकामा रहेका स्वास्थ्य संस्थालाई पाँच वटाको दरले ३५ सर्जिकल बेड जिल्ला अस्पताल जाजरकोटलाई भेन्टिलेटर सहितको बेडलगायत स्वास्थ्यसम्बन्धी उपकरणहरू उपलब्ध गराउनुभएको थियो।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहले उपलब्ध गराएका बेड पालिकास्तरमा स्थापना गरेका स्वास्थ्य संस्थामा आइसोलेसन वार्डमा प्रयोग भएका थिए। महामारीले उच्च रूप लिएको समयमा जाजरकोट पुगेर स्वास्थ्य सामग्री छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महतारा, नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल लगायत पालिकाका प्रमुखहरूलाई हस्तान्तरण गर्नुभएको थियो। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपकरण र बेडको अभाव भएको सुनेपछि सर्जिकल बेड, पेसेप मनिटर, लगायत स्वास्थ्य सम्बन्धि महत्वपूर्ण सामग्री सहयोग गरेको शाहले वताउनुभयो। आफ्नो सानो सहयोगले जाजरकोटी जनताको उपचारमा सहयोग पुगेको उहाँको भनाई थियो। विश्वलाई नै त्रसित पारेको कोरोना महामरीको महाअभियानमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन निजी खर्चमा सर्जिकल बेडलगाायत उपकरणहरू सहयोग गरेको बताउनुभयो।

उहाँले कोरोनाका बेलामा मात्र यस प्रकारको समाज सेवा गर्नुभएको होइन। जाजरकोट जिल्लामा महामारीको रूप लिएको झाडापखाला, सिजनल फ्लु, स्वाइन फ्लुजस्ता महामारीले सताएको अवस्थामा शाहले निजी खर्चमा सेवा गर्दै आउनुभएको छ। विगतदेखि जाजरकोटी जनताको सुख–दुखमा साथ दिदै आउनु भएका शाहले कर्णाली प्रदेशको प्रादेशिक अस्पताललाई पनि भेन्टिलेटर बेड उपलब्ध गराउनुभयो।

उहाँले पुण्यको काम गरेको छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महतारा बताउनुहुन्छ। सामाजसेवी शाहले स्थानीय सरकारलाई स्टे̯चर लगायतका स्वास्थ्य सामग्री समेत निजी खर्चमा उपलब्ध गराउनुभएको छ। जाजरकोटी जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै निजी लगानीमा जाजरकोटको छेडागाड नगरपालिका ५ मा निर्माण सम्पन्न भएको अस्पताल प्राविधिक कारणले सञ्चालनमा ल्याउन नसकेकोमा दुखी भएको पनि उहाँंले बताउनुभयो।

जाजरकोटी जनता बिरामी भएपछि स्वास्थ्य उपचारको लागि पश्चिम रुकुमको चौरजाहारी अस्पताल र नेपालगञ्ज लगायत सुविधा सम्पन्न अस्पतालमा डोको र स्टेचरमा बोकिएर मोटर पुग्ने ठाउँसम्म लगेको देखेर गाउँमै स्वास्थ्य उपचार गरुन् भनेर निर्माण सम्पन्न गरेको स्वास्थ्य संस्थाको भवन स्थानीय सरकारले चासो नदिदाँ सञ्चालनमा ल्यान नसकेको बताउँदै समाजसेवी शाहले सो सञ्चालनमा ल्याएर जाजरकोटी जनतालाई स्वास्थ्यसम्वन्धी सेवा दिने दावी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्