सर्वोच्चको अन्तिम फैसला नआएसम्म निर्वाचनका गतिविधि रोक्न प्रचण्ड-नेपालको सुझाव



न्युज अफ नेपाल, काठमाडौँ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल टोलीले सर्वोच्चको फैसला नआएसम्म निर्वाचनका गतिविधि रोक्न सुझाव दिएको छ । सोमबार निर्वाचन आयोग पुगेको दाहाल-नेपाल टोलीले सो सुझाव दिएको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जनाउँदै सर्वोच्चबाट फैसला नआएसम्म निर्वाचनको तयारी गर्नुको कुनै अर्थ नरहेको टोलीले बताएको छ । प्रचण्ड-नेपालले निर्वाचन आयोग पुगेर प्रमुख आयुक्तसँग छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्