कोहलपुर ओपनको उपाधि वारियर्सलाई



 काठमाडौं  । शारदा एजुकेसन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बीबी वारियर्स नेपालगञ्जले जितेको छ ।

प्रतियोगिताको फाइनलमा बिबी वारियर्सले आयोजक कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनील भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए । कोहलपुर एकेडेमीको बलिङमा रूपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसको लागि सन्दीप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेरबहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए। वारियर्सको बलिङमा विशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश विष्टले समान २ विकेट लिए । फाइनलका उत्कृष्ट खेलाडी वारियर्सका अमर सिंह रौटेला घोषित भएका थिए ।

प्रतियोगिताको उपाधि विजेता वारियर्सले ५० हजार रुपैया“ प्राप्त गर्दा उपविजेता कोहलपुरले २५ हजार रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए । उनले १० हजार रुपैयाँ पाए भने उत्कृष्ट बलर आकाश विष्ट तथा उत्कृष्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए । उनीहरूले भने जनही ५ हजार रुपैयाँ हासिल गरे । बी एन्ड बी साइकल सेन्टर र एफ एन्ड एफ फेसन एन्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताका खेलहरू कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको थियो

प्रतिक्रिया दिनुहोस्