२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अमेरिकामा पनि मनाईने



न्युज अफ नेपाल, काठमाडौं ।

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अमेरिकामा पनि मनाईने भएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता र साँस्कृतिक महत्वको दिवसको रुपमा मनाउँदै आईएकोमा सो को निरन्तरता स्वरुप यस बर्ष पनि भव्य रुपमा मनाइने भएको हो ।

नेपालको विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गर्न राष्ट्र निर्माता पृथ्वी नारायण शाहको भूमिका सदा स्मरणिय भएको कुराहरुलाई मनन गर्दै मदरल्यान्ड नेपाल, नेपाल विश्व सहयोग संघ ,पश्चिम अमेरिका नेपाली महासंघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामनाले संयुक्त रुपमा सन्चालन गर्दै आएकोमा यस पटक पनि सो कार्यक्रमलाई भर्चुअल माध्यमबाट निरन्तरता दिईने छ । कार्यक्रम अमेरिकाको समय अनुसार आज साँझ ६:१५ बजे जुममा सुरु हुने आयोजले जनाएको छ । नेपालको विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गर्न राष्ट्र निर्माता पृथ्वी नारायण शाहको भूमिका सदा स्मरणिय भएकोले कार्यक्रम गर्न लागिएको बताईएको छ।

आयोजक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उत्तम कार्की, मणी नेपाली पनेरु, प्रमोद जोशी, चन्द्र धिताल तथा प्रिन्स युवराज कार्किले संयुक्त रुपमा सवैलाई कार्यक्रममा भाग लिन आव्हान गरेका छन् । एनएएनसिका अध्यक्ष इश्वर सिटौला, एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल लगायतको विशेष सहयोगमा सम्पन्न हुन लागेको सो कार्यक्रममा काफल रेस्टुराँ, शान्ता रोसा तथा एभ्रेस्ट कुजिन माउन्टेन भियु रेस्टुराँले सहप्रायोजन गर्ने भएका छन।

प्रतिक्रिया दिनुहोस्