सुदूरपश्चिममा आङगिक क्याम्पस बनाउनका लागि ज्ञापनत्रप पेश



विमल विष्ट , डोटी  । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेलाईआङगिक क्याम्पस बनाउनका लागि ज्ञापनत्रप पेश गरिएको छ । सुदूरपश्चिम प्रदेशमा रहेका लामो समयदेखि सुदूरपश्चिम बिश्व बिद्यालयका आङगिक कार्यान्वयन हुँन नसकेका ६ वटा क्याम्पसका प्रमुखहरुले मन्त्तालयमा गएर आङगिक बनाउनका लागि ज्ञापनपत्र पेश गरेका हुन् ।

आङगिक क्याम्पस बनाउनका लागि विसं २०७३ सालमा सुदूरपश्चिम बिश्व बिद्यालयको सभाले पास गरेका भएपनि अहिले सम्म उक्त सभाले गरेको निर्णय अहिले सम्म कार्यान्वयन नभएकाले मन्त्री ज्यु को पहलबाट कार्यान्वयन गराउनका लागि ज्ञापनपत्र पेश गरिएको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगर डोटीका क्याम्पस प्रमुख हेमराज भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आङगिक क्याम्पस बनाउन वर्षौँ पहिले पहल भएपनि अहिले सम्म कार्यान्वयन नभएका कारण हामीले ज्ञापनपत्र पेश गरेका छौँ, आसा छ अब त पहल हुन्छ होला ।”ज्ञापनपत्र बुझनु हुदै वन तथा वातावरण मन्त्री आलेले लामो समयदेखि आङगिक कार्यान्वयन नभएका सुदूरपश्चिमका ६ वटा क्याम्पस तत्काल कार्यान्वयनका लागि पहल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ आङगिक कार्यान्वयन नभएका कारण समस्या भएको रहेछ, अब चाडै पहल हुँने छ ।” सुदूरपश्चिम प्रदेशमा घाडाघोडी बहुमुखी कैलाली, भानु बुहुमुखी कञ्चनपुर, केदार ज्योतीपुञ्ज डोटी, लम्कि बुहुमुखी कैलाली, अछाम बहुमुखी अछाम, शङ्करपुर बहुमुखी क्याम्पस दार्चुला बिगत चार वर्षदेखि आङगिक क्याम्पस हुन सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्