यती कार्पेटको उत्पादन एवम् बिक्री शुरू



ठमाडौं । केडिया अर्गनाइजेसनको उत्पादन यती कार्पेट आफ्नो उत्पादन बजारमा ल्याएको छ । कार्पेट क्षेत्रमा ३० वर्षको इतिहास कायम गरेको कम्पनीले विभिन्न डिजाइन तथा रङहरुमा बजारमा ल्याएको हो ।

कम्पनीले आप्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । जर्मन प्रविधिबाट उत्पादन गरिने यती कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको कम्पनीको दाबी छ । यति फलोरिङ नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी हो । यसबाट उत्पादित कार्पेटले नेपालीको मन जित्न सफल भएको कम्पनीको भनाइ छ ।

कुनै पनि कार्पेट पसलमा ग्राहक सामान माग्दै आइरहको अवसरमा हामीले शुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपतालाई निरन्तरता अंगालेका छौं । यतीको रिब्स जसले हर घरको शोभा बढाउँछ र घरलाई सुन्दर र सफा बनाउँछ यही नै यती कार्पेटको अमूल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताउनुभयो ।

यती कार्पेट बजारमा उपलब्ध भएको समेत जानकारी दिँदै उहाँले आफूहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र सद्भाव दिई उत्पादनमा हौसला प्रदान गर्नेे यती कार्पेटका डिलरहरु, शुभचिन्तकप्रति केडियाले आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्