प्रकाशकीय: कोरोना विरुद्ध राष्ट्रिय एकता



कोरोना नायक विशेषांक श्रद्धेय पाठकहरुको हातमा छ । देश–विदेशमा कोरोना महामारीलाई पराजित गर्न महत्वपूर्ण योगदान दिने व्यक्तिलाई नायक मानेर हामीले कामना प्रकाशनको ३७औं र नेपाल समाचारपत्रको २६औं वार्षिकोत्सवमा यो विशेषांक प्रस्तुत गरेका छौं । गतमंसिर १५ मै प्रकाशन गर्ने तयारी गरिएको यो विशेषांक कामना प्रकाशनकै पत्रकार तथा कर्मचारीसमेत कोरोना संक्रमित भएका कारण आज मात्र प्रकाशन गर्न सम्भव भएको छ ।
कामना समूह मंसिर १५, २०४१ मा स्व. पुष्करलाल श्रेष्ठले स्थापना गर्नुभएको हो । मंसिर १५, २०७७मा कामना ३७वर्षमा प्रवेश ग¥यो । निरन्तर सेवाका हिसाबले मुलुककै पहिलो निजी क्षेत्रको प्रकाशन गृहआम पाठकको मायाले नेपाल समाचारपत्र आजदेखि २६औं वर्षमाप्रवेश गरेको छ । २०५२ साल पुस २७गते राष्ट्रिय एकता दिवसका दिन यसको पहिलो अंक ‘आजको समाचारपत्र’नामले प्रकाशित भएको थियो । राष्ट्रिय एकता दिवसकै दिन यसको प्रारम्भ संयोग मात्र थिएन, सुनियोजित थियो– हामी राष्ट्रिय एकताको संवर्धनमा हातेमालो गर्छौं, सञ्चार माध्यमको प्रयोग गरेर बहुभाषी, बहुधार्मिक तथा सांस्कृतिक नेपालीको राजनीतिक, सामाजिक, आर्थिक लगायतका अधिकार प्राप्तिमा सहयोगी बन्छौं भन्ने भावना यसमा लुकेको थियो ।
पछि २०७२ को संविधानले लैङ्गिक समानता तथा सामाजिक सहभागिता अर्थात ‘जेसी’ नीति अख्तियार ग¥यो, जबकि नेपाल समाचारपत्रले दुई दशक अघि नै यस प्रकारको मानसिकता बनाएको थियो । आधा आकाश–आधा धर्ती भनेर महिलालाई सम्मान गर्ने र अवसर प्रदान गर्ने मनसायले यसले पूरा पृष्ठ छुट्याएको थियो । सबै क्षेत्रका नागरिकलाई समेट्न सकेमा नै राष्ट्रियता अभिवृद्धि हुनसक्छ भन्ने सोचले विभिन्न राजनीतिक विचारधाराका मात्र होइन, जात–जाति र सम्प्रदायका पत्रकार, लेखक र विचारकलाई नीति नै बनाएर यसले समेटेको थियो । राष्ट्रिय एकताको भावना वर्तमान अवस्थामा अझ बढी आवश्यक देखिएको छ ।
जस्तो किआज, कोरोना महामारीको वर्तमान अवस्थामा खोप कहाँबाट ल्याउने, कहिले ल्याउने र ल्याएर आम नागरिकसम्म कसरी पु¥याउने भन्ने सोचमा राष्ट्रिय एकता आवश्यक छ । खास वर्ग र समुदायमा मात्र यसको पहुँच हुनु दुर्भाग्यपूर्ण हुनेछ । सत्ता मोहमा चुर्लुम्म डुबेर संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षक संविधानलाई नै दाउमा लगाउने वर्तमान सरकारले कोरोनाबाट पीडित जनतालाई प्राथमिकतामा राख्न सकेको छैन । प्रधानमन्त्रीका निकटवर्तीहरु सामाजिक सञ्जालको दुरुपयोग गर्दै अन्य विचार बोक्ने व्यक्तिलाई धम्काइरहेका छन् । कोरोना नायकहरुले यस महामारीबाट सतर्क रहनबाहिर ननिस्क भन्दा नमान्ने तर भ्रष्ट नेताले जुलुस गर्न सडकमा आओ भन्दा मास्क मिल्काएर कुद्ने अनौठो व्यवहार हामीबाट पनि भइरहेको छ । ज्येष्ठ नागरिक बनेका राजनीतिक नेताको मात्र कुरा होइन, उनीहरुका ४० नपुगेका युवा भनिने कार्यकर्ताबाट पनिकुनै आशगर्ने ठाउँ देखिंदैन । राजनीतिक व्यवस्था तथा सरकार सञ्चालनमा कमिशन र भ्रष्टाचार निर्णायक तत्व बनेर उभिएको छ । सत्ताधारी नेकपा नै यही तत्वका कारण फुटेको देखिन्छ ।
यस्तो अस्तव्यस्त अवस्थामा राष्ट्रिय एकताका लागि आवाज उठाउनु सहज छैन, तर अनिवार्य भने भएको छ । ‘वैशाखमा चुनाव भइ नै हाल्यो भने पनि किन प्रसन्न हुने, अर्को दुई महिना पछि अर्को प्रधानमन्त्रीको सनकमा पुनःनयाँ निर्वाचनमा जान?’ भन्ने आमनागरिकको प्रश्नले राष्ट्रिय भावनामै गहिरो प्रहार गरेको पुष्टि गर्दछ । घरका नेता एकपछि अर्को गर्दै असफल भएको अवस्थामा विदेशीहरु नेता बनेर शासन गर्न आउने त होइनन् भन्ने भयानक त्रास बढेर गएको छ । दुईतिहाईको बहुमत पाएर पनि कामगर्न नसक्ने राजनीतिक नेताका कारण राष्ट्रियता घाइते भएको छ ।
मुलुक राजनीतिक रुपले अलमलमा परेका बेला कोरोनामहामारीसँग दिनरात नभनी जुधिरहेका डाक्टर, नर्स, सेना, प्रहरी र समाजसेवीहरुको सम्मान यस विशेषांकको उद्देश्यहो । नकारात्मक कुरा बढी बिक्ने बजारमा यो विशेषांकले कतिबजार पाउला हामी यसै भन्न सक्तैनौं । तर, कामना समूह उहाँहरुकै सम्मानमा यो विशेषांकका साथ प्रस्तुत भएको छ । यस विशेषांकले सबै क्षेत्रका नायकहरुलाई समेटेको छ भन्ने दाबी हाम्रो छैन, यो एक सांकेतिक सम्मान मात्र हो । यस सन्दर्भमा हामी यति मात्र आग्रह गर्दछौं– कोरोना हिरोहरुलाई प्रत्यक्ष सहयोग गर्न नसके पनि जुलुस र जात्रा रोकेर कोरोना नफैलाउन योगदान गरौं, यसो गरिएमा मात्रपनि अग्रस्थानमा रहेर कोरोनाविरुद्ध लड्ने डाक्टर, नर्स र सुरक्षाकर्मीहरुलाई सघाउ पुग्नेछ ।
यस्तो बेला, आमनागरिकलाई राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न हामी सबैले प्रण गर्नु अनिवार्य भएको छ । ३७औं वर्ष प्रवेशका उपलक्ष्यमा हामी श्रद्धेय पाठक वर्गमा यही राष्ट्रिय एकताको भावनाअभिवृद्धि होस् भनी शुभकामना प्रकट गर्दछौं ।

 

प्रतिक्रिया दिनुहोस्