इन्टेग्रीटी आईकन २०२० सार्वजनिक



काठमाडाैँ ।

कोभिड – १९ को महामारीले व्यक्तिगततथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको चुनौतीकाबावजुतपनि, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरेको छ ।

इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुतगर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदायनिर्माण गर्न थलिएको खुलाअभियानहो । ७वर्ष अगाडी नेपालबाट सुरु भएको अभियानहालविश्वका १२ मुलुकमापुगिसकेको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्तभएका १५०२ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए ।निर्णायक समितिमाअख्तियार दुरुपयोग अनुसन्धानआयोगकापूर्व प्रमुखआयुक्त सुर्यनाथउपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिकपुनः संरचना सहजिकरण समितिकाअध्यक्षएवम् प्रशासनविद् काशि राजदाहाल, पूर्र्व सचिवजीवनप्रभालामा, नेपालप्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सकानिर्देशक सुचिताप्याकुरेल रहनुभएको थियो ।

इन्टेग्रीटी आइकन २०२० का लागि छनौट भएकाव्यक्तित्वको संक्षिप्तविवरण यस प्रकार रहेको छः
आरतीथारु,जनस्वास्थ्यनिरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी ः प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदाउनले सुत्केरी महिलाकालागि गरेको कामउल्लेखनिय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउनबर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिकानिर्वाह गरिन् ।हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमाउनले क्वारेन्टाईनमाकामगर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेकाछन् ।भिडियो यहाँ हेर्नुहोस् ।

दिपक ज्ञवाली,महाशाखाप्रमुख, उद्योग, पर्यटन, बन तथावातावरण मन्त्रालय, लुम्विनीप्रदेश, बुटवल ः दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यमबनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममाफिर्ता गर्न जोखिमको सामनागर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहनगर्न सकिन्छ भनेर उदाहरण प्रस्तुतगर्नुभएको छ । टिम वर्कमाविश्वास गर्ने र जिम्मेवारी बाडफाड गरेर कामगर्ने भएकोले उनीकार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादनगर्दै आईरहेकाछन् । भिडियो यहाँ हेर्नुहोस् ।

हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा ः हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेतीगर्ने तालिमदिनफार्म स्कुल सञ्चालनमाल्याए । त्यसबाट कृषकले खेतीगर्ने तरिका र प्रविधिको उचितप्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्याबुझेर समाधानगर्न निमितअगुवा कृषक गोष्ठिको आयोजना गरे । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालनगर्नमापनिउल्लेख्य काम गरे । भिडियो यहाँ हेर्नुहोस् ।

मञ्जु महत, अधिकृत, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम ः मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथाकमगर्न र बालबालिकाको नेतृत्वविकास गर्नमा ठुलो योगदान गरेकिछिन् । यदिकुनै महिलाले घरेलुहिँसाको सामनागरिन भने सबैले पहिलो पटक सम्झिने नामहो मञ्जु महत । पहिला वस्तु स्थीतीबुझ्ने, व्यवहारिक कार्ययोजनाबनाउने र त्यसको प्रभावकारी कार्यान्वयनगर्नु उनको कार्यशैलीहो । भिडियो यहाँ हेर्नुहोस् ।

डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्चमाध्यामीकविद्यालय, धादिङ ः पहाडीले धादिङमादलित र सिमान्तकृत समुदायकाबालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापनागर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नकालागि बालअनाथाश्रम पनि सञ्चालन गरेकाछन् । भिडियो यहाँ हेर्नुहोस् ।
यी आईकन र उनिहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुतगर्नेछौँ । उहाहरूलाई प्रोत्साहितगर्न यहाँहरूको सहभागिताको लागिपनि अनुरोध गर्दछौँ । हामीलाई फलो गर्दै गर्नुहोला । आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजनागनेर्छौँ ।

प्रतिक्रिया दिनुहोस्