जसपाको सुरक्षा दल घोषणा तथा दिक्तेल–हलेसी बिरोध र्‍याली



रामधन राई, खोटाङ ।

एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको जनता समाजवादी पार्टी खोटाङले दिक्तेल–हलेसी ४५ किलोमिटर मोटरसाईकल बिरोध र्‍याली गरेको छ । हुपबहादुर राना ईन्चार्ज तथा टिकाराम राई संयोजक रहेको पार्टी सुरक्षा दल घोषणा लगत्तै संसद बिघटनको बिरोधमा जागरण र्‍याली प्रर्दशन गरेको हो ।

हलेसीको दुर्छिमसम्म प्रदर्शन गरेको बृहत र्‍यालीको क्रममा दिक्तेलवजारको भवन गैरा, किरात चौक, नुन्थला, विजुले, अर्खौले, हलेसीबजार र दुर्छिममा कोणसभा गरिएको पार्टी जिल्ला अध्यक्ष टंक थापाले सुनाउनुभयो । कोणसभामा केन्द्रीय सदस्यहरु सनबहादुर राई, भीम राई, सुर्य राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा बर्तमान ओली सरकारको चर्को आलोचना गरिएको थियो ।

पार्टीको संरक्षण तथा सुरक्षाका लागि स्वयमसेवकीय भुमिका निर्बाहका लागि गठन गरिएको सुरक्षा दल प्राकृतिक प्रकोप लगायतका विभिन्न विपत्ती आईलाग्दा उद्दार कार्यमा जुट्ने, सिर्जनशील युवाहरुलाई संगठित गर्ने लगायतका कार्यमा जुट्ने संयोजक टिकाराम राईको भनाई छ । दलको सहसंयोजकमा देवान राई, धनिराम राई र रामकाजी राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्