विमान दुर्घटना स्थल यकिन, ब्ल्याक बक्सको सिग्नल प्राप्त



जकार्ता, (एजेन्सी)

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केहि समय पछि नै ६२ जना यात्रु बोकेको बोइंग ७३७ यात्रुवाहक विमान समुन्द्रमा खसेको विश्वास गरिएको छ । वेस्ट कालिमान्तान प्रान्तको पोन्तिानाकका लागि जकार्ताबाट उडेको चार मिनेटपछि नै श्रीविजाया एयरको सो विमान रडारबाट वेपत्ता भएको थियो ।

फ्लाइट ट्रयाकिंग वेवसाइट फ्लाइट रडार २४ डटकमका अनुसार एक मिनेट भन्दा छोटो समयमा सो विमान ३ हजार मिटर भन्दा बढि उचाईबाट तल खसेको थियो । सोलिहिन नामक एकजना स्थानिय माझीले वीवीसी इन्डोनेसियन सर्भिसलाई आफ्ले चट्याँग जस्तै खसेको विमान सागरमा विस्फोट भएको बताएका छन् ।

उनले झण्डै आफुहरुको जहाजमा छुने जस्तैगरी नजिकबाटै खसेको दावी गरेका छन् । विमान वेपत्ता भएको बताइएको बोनिर्यो टापु नजिकका वासिन्दाले विमानकै भग्नावशेषको जस्तै देखिने वस्तुहरु फेला पारेको वीवीसीलाई बताएका छन् ।

इन्डोनेसियाको यातायात मन्त्रालयले खोजी र उद्धार कार्य जारी रहेको बताएको छ । इन्डोनेसियाली नौसेनालाई विमान खोज्न आदेश दिइएको छ । नौसैनिक अधिकारी अब्दुल रसिदले विमान खसेको अनुमानित स्थानमा जहाजहरु तैनाथ गरिइसकेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई जानकारी दिएका छन् ।

दुईवटा भयानक दुर्घटनापछि सन् २०१९ को मार्च देखि डिसेम्वर सम्म ग्राउन्डिड गरिएको बोइंग ७३७ मोडेलसंग यो विमानको मोडेल नमिलेको बताइएको छ । यातायात मन्त्रालयका अनुसार कल साइन एसजेवाइ १८२ बोकेको यस विमानसंग कन्ट्रोल टावरसंग अन्तिम पटक स्थानिय समय अनुसार अपरान्ह २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको थियो ।

सो विमानमा ७ जना बालबालिका र ३ जना शिशु लगायत ५० जना यात्रु र १२ जना चालक दलका सदस्य सवार रहेको बताइएको छ । यसैगरी विमानमा सवार सम्पूर्ण इन्डोनेसियाली नागरिक रहेको पनि पुष्टि भएको छ । यातायात मन्त्रालयका अनुसार कल साइन एसजेवाइ १८२ बोकेको यस विमानसंग कन्ट्रोल टावरसंग अन्तिम पटक स्थानिय समय अनुसार अपरान्ह २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको थियो ।

सो विमानमा ७ जना बालबालिका र ३ जना शिशु लगायत ५० जना यात्रु र १२ जना चालक दलका सदस्य सवार रहेको बताइएको छ । यसैगरी विमानमा सवार सम्पूर्ण इन्डोनेसियाली नागरिक रहेको पनि पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्