अनौठो छुद्रग्रह ‘औमुआमुआ’ वास्तवमा एलियन प्रविधिको नमुना भएको दावी



न्युयोर्क (एजेन्सी)

पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ वा छैन भन्ने विषयमा वैज्ञानिकहरु खोजीमा जुटिरहेका छन् । बाह्य ग्रहका जीव पृथ्वीमा आएको र उनीहरुलाई देखेको दावी पनि भइरहेकै छन् । तर कसैले पनि त्यस्तो प्रमाण दिएको छैन कि हामी यो ब्रह्माण्डमा एक्लो होइन भन्ने मान्न सकिने बनेको छ ।

हालै मात्र हार्वड युनिभर्सिटीका एक प्रोफेसरले एलियन्सको अस्तित्वको दावी मात्र गरेको होइन, करिब ती बर्ष पहिला उनीहरु हाम्रो नजिक हुँदै गएको पनि बताएका छन् । हुन त यस सम्बन्धमा उनले दिएको तथ्यलाई लिएर त्यतिबेलै पनि वैज्ञानिकहरुले एलियन्सको अस्तित्वको प्रमाण भएको बताएका थिए ।

हार्वर्ड युनिभर्सिटीका प्रोफेसर एभी लोएबका अनुसार सन् २०१७ अक्टोबर मा देखिएको अन्तरिक्षण बलय औमुआमुआ वास्तवमा एलियन लाइफको प्रमाण थियो । युनिभर्सिटी अफ हवाइको पान स्टार्स १ टेलिस्कोपले त्यसलाई देखेको थियो । सिगार आकारको यो बलय १ लाख ९६ लाख माइल प्रतिघन्टाको बेगमा पृथ्वीको नजिकबाट गएको थियो र यसलाई धुमकेतु वा छुद्रग्रह मानिएको थियो । तर एभीले त्यो कुनै सामान्य अन्तरिक्ष चट्टान नभएको बताएका छन् ।

हार्वर्ड युनिभर्सिटीको खगोलशास्त्र विभाग प्रमुख एभीले प्रकासित हुन लागेको आफनो किताब एक्स्ट्राटेरेस्ट्रियलमा यस विषयमा आफ्नो धारणा र तर्क राखेका छन् । औमुआमुआ हरेक ८ घन्टामा सुर्यको समान चमक परावर्तन गरेको उनले बताएको छ । यसले उक्त बस्तुले हरेक ८ घन्टामा आफ्नो केन्दमा पुरा घुम्ने गरेको संकेत प्राप्त हुन्छ ।

यसअघि कुनै अन्तरिक्ष बस्तुको आकार यसतो देखिएको थिएन । यसको चमक सामान्य धुमकेतु वा छुद्रग्रहको भन्दा १० गुणा धेरै थियो । यो एलियन लाइफको प्रमाणका रुपमा एभीको सबैभन्दा ठुलो दावी भनेको, सुर्यको गुरुत्वार्षणको असर । उनले भनेका छन्, सुर्यको नजिक जानुले कुनै पनि अन्तरिक्ष बस्तुको गति तिब्र हुन्छ र टाढा हुनुले सुस्त हुन्छ ।

तर औमुआमुआमा त्यसतो कुनै असर देखिएको थिएन । औमुआमुआमा कुनै पुच्छ«ेतारा वा छुद्रग्रहको जस्तो पुच्छर पनि नभएको र त्यसमा कार्बनको कुनै संकेत पनि नभएको उनले बताए । परिक्रमाका क्रममा यसले लिएको मार्ग पनि अनौठो भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्