महारानी एलिजाबेथ र प्रिन्स फिलिपले लगाए कोरोना खोप



लन्डन, (एजेन्सी)

बेलायतमा राजकुमार फिलिप र महारानी एलिजाबेथ द्वितीयलाई कोरोना खोप लगाइएको छ । महारानीले उनलाई कोरोना खोप लगाइएको विषयमा सबैलाई जानकारी होस् भन्ने चाहेको बकिंघम प्यालेसले जारी विज्ञप्तीमा उल्लेख गरेको छ । यसले खोपलाई लिएर उठिरहेका आशंकामा विराम लाग्ने अपेक्षा गरिएको छ । महारानी एलिजावेथ द्वितीयको उमेर ९९ बर्ष हो भने प्रिन्स फिलिप ९४ बर्ष हो ।

संक्रमण तिब्र फैलिने क्रम जारी रहेपछि बेलायत सरकार विज्ञापन जारी गर्दै कोरोना संक्रमित भएमा कसरी बस्ने जानकारी दिइरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले जनतालाई घरमै बस्नु पर्ने र सतर्कता अपनाउनु पर्ने बताए । सरकार, टेलिभिजन, रेडियो, अखबार र सामाजिक सन्जालमा विज्ञापन जारी गर्दै जनतालाई कोरोना भाइरस प्रति सचेत गरिरहेको छ ।

कोरोनाको नयाँ स्ट्रेन देखिएपछि बेलायतमा दिन प्रतिदिन संक्रमित संक्रमित संख्या तिब्र रुपमा बढिरहेको छ । विगत २४ घन्टामा बेलायतमा कोरोनाका ६८ हजार ५३ संक्रमित पुष्टि भएका छन् भने १ हजार ३ सय २५ जनाको मृत्यु भयो । तिब्र फैलिरहेको संक्रमण रोक्नका लागि प्रधानमन्त्री बोरिस जोनसनले देशब्यापी लकडाउन लागु गरेको छ । यसबीच बेलायतको मेट्रोपोलिटन प्रहरीले कोरोना भाइरस लकडाउनको पालना गराउन धेरै कडा गरिने घोषणा गरेको छ ।

बेलायत प्रहरीले जनतासँग नियम पुरा पालना गर्न अपिल गरेको छ । स्कटल्यान्ड यार्डले प्रतिबन्ध उलंघन गर्नेलाई २ सय पाउन्ड देखि १० हजार पाउन्ड सम्म जरिवाना तिराउन सकिने बताएको छ । भोज तथा पार्टीको आयोजना गर्ने, बिना अनुमति संगीत समारोह वा अवैध सभाहरुको आयोजना गर्ने मात्र नभइ त्यसमा सहभागी हुनेहरुमाथि पनि जरिवाना लाग्न सक्ने मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्