पूर्व प्रधानन्यायाधीशहरुले के फिल्मको समिक्षामा राय दिनु पर्ने हो ? : नेता भट्टराई



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका नेता योगेश भट्टराईले संसद विघटनको बिषयमा पूर्व प्रधानन्यायाधीशहरुले गरेको टिप्पणी सही भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले प्रधानमन्त्री केपी ओलीलाई इंगीत गर्दै शत्ता र शक्तिका बलमा नैतिकता माथि धावा नबोल्न चेतावनी पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘लामो समय सर्बोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बल सहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनु पर्ने हो रु शत्ता र शक्तिका बलमा नैतिकता माथि धावा नबोल । ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन । सलाम श्रीमानहरु तपाईंहरुको साहस र इमानको ईतिहासले सम्मान गर्नेछ ।’

पुष ५ गते सरकारले संसद विघटन गर्ने निर्णय गरेपछि नेपाली राजनितीमा खैलाबैला मच्चिएको छ । केही दिन अघि सर्वोच्च् अदालतका चार जना पूर्व प्रधानन्यायाधीशहरुले एक विज्ञप्तिमार्फत् संसद विघटन असंबैधानिक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्