कोरोनाको प्रभावमा सहारा



कोरोना महामारीको समयमा फिल्मका गतिविधि ठप्प भएका बेला बेलायतमा निर्माण गरिएको सर्ट फिल्म सहारा सार्वजनिक गरिएको छ।
सर्ट फिल्ममा कोरोनाका कारण विश्वभर देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ। यसमा ध्रुव दत्त, सृजना निङ्लेकु र पुरु राईले अभिनय गरेका छन्। लेखन र निर्देशन पुरु राईको रहेको सहारामा कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न विभिन्न समस्याको वियोगान्त कथा देखाउन खोजिएको छ। यसमा छायांकन र सम्पादन कुशल श्रेष्ठ तथा स्वर र संगीत आशिष राजको रहेको छ।

प्रतिक्रिया दिनुहोस्