सोल्टिनीसँग दयाहाङ



गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा नयाँ गीत सोल्टिनी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ।

समाजसेवी गायकका रूपमा परिचित लिम्बुको यसअघि थुप्रै गीत सार्वजनिक भइसकेका छन्।

मिलन चाम्सले निर्देशन गरेको यसको म्युजिक भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा छायांकन कविराज गहतराज र सम्पादन सन्तोष शाहको रहेको छ।

म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको हो। म्युजिक भिडियो सार्वजनिक भएको १ दिनमै करिब डेढ लाखले हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्