माझीले भनेपछि पत्ता लाग्यो ,इण्डोनेसियाली विमानको दुर्घटनास्थल



काठमाडौं ।

राजधानी जाकार्ताबाट शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको इण्डोनेसियाका अधिकारीहरुले बताएका छन् ।

जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको जानकारी स्थानीय माछा मार्ने माझीले बताएका बीबीसीले जनाएको छ । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए ।  जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो । जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

स्थानीय माझीहरुले जहाज दुर्घटना भएर समुन्द्रमा खसेको जानकारी दिएपछि खोज तथा उद्धार तिब्र पारिएको थियो । खोजका क्रममा जहाज र शवका केही टुक्रा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्