विद्यालय पुनःनिर्माण तीव्ररुपमा अघि



तनहुँ । विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट विनियोजन भएपछि पुनःनिर्माण अघि बढाइएको हो ।

चालु आवमा चारकोठे ५२, तीनकोठे छ र दुईकोठे २० गरी ७८ विद्यालयको पुनःनिर्माण शुरु गरिएको एकाइका इञ्जिनीयर अनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चारकोठे भवनका लागि प्रतिविद्यालय रु ७० लाख २५ हजार, तीनकोठेका लागि रु ३५ लाख ८० हजार र दुईकोठेका लागि रु २३ लाख ७५ हजार लागत अनुमानपश्चात निर्माण शुरु गरिएको हो ।

प्रतिविद्यालय माध्यामिक तहका लागि रु १६ लाख र आधारभूत तहका लागि रु १३ लाख ५० हजार लागत अनुमान भई ६१ शौचालय निर्माण गरिने जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ५७ विद्यालयलाई खानेपानीका लागि प्रतिविद्यालय रु सात लाख ४० हजारको दरले रकम निकासा गरिएको छ । उक्त रकम निकासापश्चात १० विद्यालयले चारकोठे, नौ विद्यालयले शौचालय र छ विद्यालयले खानेपानीको काम शुरुआत गरिसकेका छन् ।

म्याग्दे गाँपालिका–५ स्थित रविचन्द्र प्राथमिक विद्यालय र भिमाद नगरपालिका भिमादको धर्म माध्यमिक विद्यालयले शौचालय निर्माण पूरा गरिसकेको एकाइले जनाएको छ । छात्रछात्रा र अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण गरिनेछ । आव २०७५र७६ मा चारकोठे भवनका लागि प्रथम चरणमा रु १० करोड र दोस्रो चरणमा रु २९ करोड ४३ लाख ५३ हजार ६८९ बजेट विनियोजन भएको एकाइले जनाएको छ ।

विद्यालयको पुनःनिर्माणको प्रस्ताव र स्थानीय तहको सिफारिसका आधारमा निवेदन पेश गर्न लगाउने, भूकम्पबाट क्षति भएको अवस्था अवलोकन, आवश्यक कक्षाकोठा, विद्यार्थी सङ्ख्या आदिका आधारमा प्राथमिकता निर्धारण गर्ने गरिएको एकाइका सूचना अधिकारी रामेश्वर लामिछानेले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्प तथा पराकम्पनले तनहुँका ४८६ विद्यालयमध्ये २९१ विद्यालयमा प्रत्यक्ष असर परेको छ भने अप्रत्यक्षरूपमा सबै विद्यालयमा नोक्सान भएको बताइएको छ ।

आव २०७३र७४ देखि पुनःनिर्माण शुरु गरेकामा हालसम्म ७६ दुईकोठे, २५ तीनकोठे र ११८ दुईकोठे शौचालय र ५७ खानेपानी गरी जिल्लाका २१३ विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन् । शहरको तुलनामा ग्रामीण क्षेत्रमा पुनःनिर्माण गर्ने स्थानसम्म सडकको नाजुक अवस्था, लकडाउनको प्रभाव, निर्माण सामग्रीको उपलब्धतामा असहजता, सीपमूलक कामदारको कमीजस्ता समस्याले निर्माणमा कठिनाइ भोग्नुपरेको एकाइ प्रमुख पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्