टोखाकाे शिवपुरी जंगलमा भिषण आगलागी



न्युज अफ नेपाल,काठमाडौं।

टोखा नगरपालिका वडा नं. भित्र पर्ने शिवपुरी जंगलमा शनिवार भिषण आगलागी भएको छ । टोखा चन्डेश्वरी मन्दिर पछाड़ी वनमा एक्कासी भीषण आगलागी हुँदा निभाउने प्रयासमा नेपाली सेना,नेपाल प्रहरी, स्थानीय युवाहरु जुटेको थियो।

जंगल छेउ बारीमा आगो वल्ने क्रममा सो आगो फैलदै जंगल प्रवेश गर्दा भिषण आगलागी भएको थियो। अचानक भिर पाखामा आगो सल्किदा सो आगो अनियन्त्रीत भै जंगल भित्र पसेको थियो । मंगलबार अचानक आगलागी भएकोले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । ५ बजे मात्र नियन्त्रणमा आउन सकेको थियो।

चण्डेश्वरी मन्दिर पछाडी ठुलो जंगल छ। त्यहाँका स्थानीय कहिलेकॉही काठ लिएर आउने गर्छन। घना जंगल रहेको उक्त ठाउँमा पुरै जंगल डढेलोले सखाप पार्ने खतरा भएपछि स्थानीय पनि चिन्तित छन्। डढेलो लागिरहेकाले कति क्षेत्रफलको जंगलमा आगलागी भयो भन्ने अझै यकिन भइसकेको छैन्। के कारण डढेलो लाग्यो भन्नेबारे थाहा पनि भएको छैन्।

प्रतिक्रिया दिनुहोस्