ट्र्रम्पले सपथ ग्रहण समारोहमा नआउने भनेपछि बाइडेन भन्छन् उनी नआएकै राम्रो



वासिंगटन, (एजेन्सी)

अमेरिकी निर्वाचित राष्ट्रपति जोय बाइडेनले सत्ता सम्हाल्ने तयारीलाई अन्तिम रुप दिने क्रममा क्याबिनेटका नाम तय भइसकेको जानकारी दिँदै आफ्नो टोली प्रति आफुलाई गर्व रहेको बताए । जनवरी २० मा ट्रम्प विधि पुर्वक जोय बाईडेनलाई सत्ता सुम्पने छ । अमेरिकी राष्ट्रपति चुनावको नतिजा मान्न अस्विकार गर्दै आइरहेका डोनाल्ड ट्रम्प अन्तत सत्ता छोड्न तयार भएका छन् ।

नव निर्वाचित राष्ट्र्रपति बाइडेनले भने, ‘यो अहिलेसम्मकै पहिलो त्यस्तो क्याबिनेट हुनेछ, जसमा महिला र पुरुष दुबैको समान भागिदारी हुनेछ । साथै यो क्याबिनेटमा सबै जातीको सहभागिता हुने छ ।’ यसबीच सपथ ग्रहण समारोहमा राष्ट्रपति ट्रम्प नआउने भएको छ । ट्रम्प अनुपस्थित रहनेमा बाइडेनले भने, ‘केही मात्रै त्यसता चिज छन, जसमा हामी दुबै नै सहमत छौ । उनी समारोहमा नआउनु राम्रो कुरा हो ।’

राष्ट्र्रपति ट्रम्प विरुद्ध महाअभियोग ल्याउने तयारीको प्रश्नमा बाइडेनले यो फैसला कांग्रेसले गर्ने बताए । मलाई आफ्नो काममा ध्यान केन्द्रित गर्नु छ । कोरोना खोपको प्रश्नको जवाफमा बाइडेनले भने, ‘खोपले हामीलाई आशावादी बनाउँछ, तर यसलाई लागु गर्न एक चुनौती जस्तै हो । यो चुनौतीपुर्ण कामलाई पुरा गर्नु एक देशका रुपमा अहिलेसम्मकै सबैभन्दा ठुलो चुनाती हुनेछ ।’

यसबीच सपथ ग्रहण समारोहमा राष्ट्रपति ट्रम्प नआउने भएको छ । ट्रम्पको अनुपस्थिति रहने विषयमा बाइडेनमा भने, ‘केही मात्रै त्यस्ता चिज छन्, जसमा हामी दुबै नै सहमत छौ । उनी समारोहमा नआउनु राम्रो कुरा हो ।’

१५२ बर्ष पुरानोे परम्परा तोडिने

अमेरिकी राष्ट्र्रपति ट्रम्पले यस विषयमा आफुलाई सोध्ने सबैलाई ट्विट मार्फत जनवरी २० को सपथ ग्रहण समारोहमा आफु नजाने बताएका थिए । सन् १८६९ मा अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयु जोनसनपछि ट्रम्प पहिलो राष्ट्रपति हुनेछ जो आफ्नो उत्तराधिकारीको सपथ ग्रहण समारोहमा सहभागी हुने छैन ।

यसअघि अमेरिकाका हरेक राष्ट्रपति आफ्नो कार्यकालपछि नयाँ राष्ट्रपतिको सपथ ग्रहणमा सरिक भए । सन् २०१६ मा डोनाल्ड ट्रम्पको सपथग्रहण कार्यक्रममा तात्कालिन राष्ट्रपति बाराक ओबामा पनि सहभागी भएका थिए । सन् २००९ मा बाराक ओबामाको सपथ ग्रहणमा रिपब्लिकन पार्टीका राष्ट्रपति जर्ज डब्ल्यु बुस पनि सरिक भएका थिए ।

अमेरिकाका केही सांसद अमेरिकी संसद भवन क्यापिटलमा ट्रम्प समर्थकहरुको हिंसापछि उनलाई राष्ट्रपति पदबाट कार्यकाल समाप्त हुनु अघि नै हटाउने तयारीमा जुटिरहेका छन् । सीएनएन अनुसार ट्रम्पमाथि महाअभियोग लगाउने र उनलाई पदबाट हटाएपछि सीनेटले उनलाई संघिय कार्यालयमा फर्कन रोक्न सकिने छ ।

सीनेटको मतदानले उनलाई सँधैका लागि अयोग्य गर्नेछ । अमेरिकी संविधानको २५ औ संशोधन अनुसार उपराष्ट्रपति माइक पेन्स र क्याबिनेटको बहुमतले ट्रम्पलाई पदबाट हटाउनका लागि भोट गर्नु पर्नेछ । आफ्नो पद र शक्ती तथा कर्तब्यको पालना गर्नमा अस्थिरता देखाएकोमा हुन सक्ने उक्त कारवाही आफैंमा ठूलो कदम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्