काठमाडौंमा एक युवतीले गरिन् अमेरिकाबाट फर्किएका श्रीमानको हत्या



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको टोखामा भर्खरै अमेरिकाबाट आएका श्रीमानको ह’त्या गरी श्रीमतीले पनि आत्महत्या गरेकी छन् । टोखाको ग्राण्डी अस्पताल छेउको हाउजिङमा बस्दै आएका एक दम्पती कोठाभित्र मृत भेटिएपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमतीले श्रीमानको हत्या गरेर आत्मह’त्या गरेको पत्ता लागेको हो ।

प्रहरीका अनुसार उनीहरु सुर्खेत स्थायी घर भएका दम्पती हुन् । मृत भेटिएका दम्पतीमा श्रीमानको नाम उमेश केसी र श्रीमतीको नाम सुदीक्षा गिरी रहेको छ । जसमा श्रीमान् उमेश केही दिनअघि मात्रै अमेरिकाबाट फर्किएको खुलेको छ । त्यसपछि उनीहरुबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

घटनापछि पुगेको प्रहरीको टोलीले बन्द कोठाभित्र उमेश बेडमै मृत भेटिएको र सुदीक्षाको शव झुण्डिएको अवस्थामा भेटिएकाले श्रीमानको हत्यापछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको हो ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गर्ने र सत्यतथ्य पत्ता लगाउन थप अध्यायन गर्ने जनाएको छ । मृतक दुवैको शवको मुचुल्का तयार गरि पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्