साडीलाई फेसनमा बदल्ने भारतीय डिजाइनरको निधन



मुम्वई, (एजेन्सी)

आफूले शुरुवात र सिर्जना गरेका प्रिन्टले परम्परागत साडीलाई आधुनिकिकरण गर्ने भारतका चर्चित फेसन डिजाइनर सत्या पावलको ७८ वर्षको उमेरमा निधन भएको छ । थुप्रै वलिउड कलाकारका मनपर्ने डिजाइनर पावलले आफ्नो समकालिन रंग , प्याटर्न रपदार्थहरु प्रयोग गरेर साडीलाई रुपान्तर गरेका थिए । सन् १९८० मा पहिलो पटक भारतमा आफ्नो बुटिक स्थापना गरेका उनले त्यसको ६ वर्षपछि आफ्नै लेवल शुरु गरेका थिए ।

गत महिना मस्तिष्कघात भएका उनको बुधवार निधन भएको उनका पुत्र पुनित नन्दाले बताएका छन् । नन्दाले आफ्नो पिताबारे फेसबुकमा लेखेका छन् , ‘ जीवनको मोडमामा कुन बेला एकचोटि मात्र उहाँलाई भेटेने जो कोहिले पनि उहाँको मायालु व्यवहारलाई संधैभरि सम्झिरहनु हुनेछ । उहाँले प्रफुल्ल मुद«ामा नडराईकन मृत्यु वरण गर्नुभयो । ’

एल अफेयर बुटिक खोलेपछि पावलले नर्तक आकृति देखि जेब्रा प्रिन्ट सम्मका लोकप्रिय साडी उत्पादन गरेका थिए । त्यसमध्ये पनि उनका ट्राउजर साडी निकै चर्चित छन् । भारतका अन्य नामुद डिजाइनरहरुले पावललाई रंग र चित्रमा मज्जाले मौलिक सिर्जना निकाल्न सक्ने एक सफल कलाकारको रुपमा प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्