महायज्ञको आयब्यय ३२ महिनापछि सार्वजनिक, करिब ५८ लाख असुली हुन बांकी



यमलाल भुसाल, बुटवल ।

विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि भनी आयोजना गरिएको महायज्ञको आयब्यय ३२ महिना पछि सार्वजनिक गरिएको छ ।
महायज्ञमा दानविरवाट घोषणा गरेको करिब ५८ लाखअसुली हुन बांकी रहेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगति माविको भौतिक र शैक्षिक प्रगतिका लागि भन्दै आयोजना गरिएको महायज्ञको हिसाब किताब विद्यालय ब्यवस्थापन समितिलाई शुक्रवार हस्तान्तरण गरिएको छ ।

पत्रकार सम्मेलन गरि विद्यालय ब्यवस्थापन समितिलाई महायज्ञ मुल समितिका अध्यक्ष जित बहादुर मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सारु, सचिव तथा विद्यालयका प्रअ शिव कुमारी अर्याललाई सामुहिक रुपमा आयब्यय हस्तान्तरण गर्नु भएको हो ।

महायज्ञ आयोजना गर्दादेखि नै एउटा समूहले असहयोग गदै आएका थिए र सोही कारण रकम दिन घोषणा गरेका दान विरहरुले पनि अझै रकम उपलब्ध नगराउदां हिसाव बुझाउन ढिला भएको समेत संयोजक मल्लले बताउनु भयो ।

बिस २०७५ बैशाख २१ देखि २९ गतेसम्म भएको महायज्ञमा दानबिरहरुले नगद, जिन्सी गरि १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैया प्रतिवद्घता गरेकोमध्ये ३६ लाख ५२ हजार २ सय २४ खर्च भएको महायज्ञ मुल समितिका अध्यक्ष मल्लले बताउनु भयो ।

महायज्ञमा प्रतिवद्घता जनाए अनुसार ५७ लाख ९२ हजार ५ सय ५१ रुपैया उठ्न बांकि रहेको छ । बढिमा ५ लाख ७५ हजारसम्म कबोल गरेका दानविरहरुले अझै रकम दिन वाकी रहेको समेत उहाँले बताउनु भयो ।

महायज्ञबाट उठेको रकम मध्ये २२ लाख ११ हजार १ सय ३३ रुपैया विद्यालयलाई प्रदान गरि शिक्षक, कर्मचारीको तलब ब्यवस्थापन गरिएको थियो ।

विद्यालयमा ३ जना करार, ३ जना स्थायी, ४ जना राहत, ४ जना बालबिकास, १ जना मावि लगायत गरि १८ जना शिक्षक कर्मचारी र साढे ५ सय जना विद्यार्थीहरु अध्ययरत रहेका छन । विद्यालयमा आर्थिक अभाव रहेको कारण तलव खुवाउन समस्या रहेको प्रअ शिव कुमारी अर्यालले बताउनु भयो ।

वडा नम्बर ११कीजनप्रतिनिधि माया दर्नालले विद्यालयको स्तरोउन्तिका लागि नगरपालिकाले ४० लाख रुपैयां विनियोजन गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्