पत्नी सीतालाई भारतमै छोडेर प्रचण्ड स्वदेश फर्कंदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रचण्ड आज बेलुका काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

लामो समयदेखि बिरामी पत्नी सीता दाहालको थप उपचारका लागि प्रचण्ड पुस २० मा मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नीसँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । यसअघि सीतालाई नेपालकै विभिन्न अस्पतालमा उपचार गराइएको थियो ।

भारतमा उपचाररत सीतालाई छोरीहरुको साथमा छोडेर प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्