पूर्वप्रधानन्यायाधीशले गति छाडे : प्रम सल्लाहकार थापा



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रिटायर्ड पूर्वप्रधानन्यायाधीशहरूले संबैधानिक इजलाशले गरिरहेको सुनुवाईलाई प्रभावित गर्न संयुक्त वक्तव्य जारी गरेको आरोप लगाएका छन् ।

शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै विज्ञप्ति जारी गरेसँगै थापाले संवैधानिक प्रावधानका हिसाबले सो कार्य पूर्णतस् गलत भएको जनाएका छन् । पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दाको विषयमा विज्ञप्ति जारी गर्नु गति छाडा भएको थापाले आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले स्वतन्त्र न्यायपालिकाको मर्याद र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको उल्लेख गरेका छन् ।

‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला’, थापाले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्