धादिङबेसिका ५ पत्रकार पुरस्कृत



न्युज अफ नेपाल, धादिङ ।

नेपाल पत्रकार महासंघ धादिङले धादिङबेसिमा रहेर पत्रकारिता गरिरहेका ५ जना पत्रकारहरुलाई शुुक्रबार पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ धादिङको २२ औँ साधारण सभामा विभिन्न तिन विधामा ५ जनालाई पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासंघका धादिङका संस्थापक सभापति सीताराम प्रसाद बर्माको स्मृतिान स्थापित सीतारामप्रसाल वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका संस्थापक सचिव राजेन्द्रप्रताप शाहलाई पुरस्कृत गरिएको छ ।

गत कात्तिक २१ गते मृत्यु हुनु भएका वर्माको स्मृतिमा यस वर्ष महासंघ र वर्मा परिवारले सो पुरस्कार अक्षयकोष सहित स्थापना गरेको थियो ।

यसैगरि विकास पत्रकारिता पुरस्कारबाट २०७६को मनिस दुवाडि र २०७७ को सरिता श्रेष्ठ लाई पुरस्कृत गरिएको छ । शालिकराम वर्मा स्मृति पत्रकारिता पुस्कारबाट २०७६को राजाराम शर्मा र २०७७ को पोषनाथ अधिकारीलाई प्रदान गरिएको छ ।

विकास पत्रकारिता पुरस्कार तत्कालिन जिल्ला विकास समितिको सहयोगमा स्थापना गरिएको पुरस्कार हो भने शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कार वर्मा परिवारको सहयोगमा स्थापना गरिएको हो । पुरस्कृत सबैलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विस्ट र सचिव रामप्रसाद दहालले दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव विस्टले श्मको मुद्धामा पत्रकार महासंघ लागिरहेको बताउनुभएको छ ।

१ सय ५२ जना सदस्य रहेको नेपाल पत्रकार महासंघको सधारणसभामा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रामप्रसाद दहाल, बागमति प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटा, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, नेपाल पत्रकार महासंघ बागमतिका महासचिव कृष्ण सारु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्