ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन, बाइडेनको शपथ कार्यक्रममा अनुपस्थित हुने



एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ । ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता अस्थायी रुपमा निलम्बन गरेको हो ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् । ट्रम्पले ट्वीट गर्दै यस्तो जानकारी दिएका छन् । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो ।

१२ घण्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए । त्यसपछि अर्को ट्वीटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्